साउन विशेष : आफ्नो राशि अनुसार गर्नुहोस शिवको पूजा, बेलपत्र चढाएर जप्नुहोस यो मन्त्र

मनिषा थापा

पिएनपिखबर : शिवजीको सबैभन्दा बढी कृपा साउन महिनामा मिल्ने गर्छ। यस महिनाभर शिवजीको विशेष पुजा हुने गर्छ।

साउनको पूजा र शिवजीको दर्शन गर्नाले पुण्य कर्ममा उन्नती हुने विश्वास छ। शिव जीलाई बेल पत्र, धतुरो अत्यधिक मनपर्छ। बेलपत्र चढाएर ओम नमो शिवाय जप्नु अत्यन्तै लाभदायिक मानिन्छ।        आफ्नो राशि अनुसार शिव भगवानको पूजा गर्न सकिनेछ। जान्नुहोस राशि अनुसार पूजा कसरी गर्ने……

मेष राशि
मेष राशिको स्वामी मंगल हो। यो ग्रह लिङ्गको रुपमा उत्पति स्थान उज्जेंनमा स्थित छ। मेष राशिको व्यक्तिले दहिले शिब जीलाई अभिषेक गर्नुका साथै रातो गुलाफ चढाउनु अति उत्तम मानिन्छ।

वृष राशि
यसको स्वामी शुक्र हो। यी राशिका व्यक्तिले काँचो दुध र जलले शिवलिङ्गलाई अभिषेक गर्नुपर्दछ। शिबको बाहन नन्दी अर्थात साढेलाई अष्टमी र चतुरदर्शी तिथिमा घाँस र रोटि खुवानुहोस।

मिथुन राशि
बुध राशिको स्वामित्व गर्ने यस राशिका ब्यक्तिले शिव-पार्वतीलाई नै रातो फुल चढाउनु राम्रो मानिन्छ। सक्खर र पेस्ताको भोग लगाउनुको साथै शिवलाई बेल पत्र चढाउनाले लाभ मिल्नेछ।

कर्कट राशि
यस राशिको स्वामी चंद्रमा हो। चन्द्र शिवजीको प्यारो मानिन्छ। शिव लिङ्गमा काँचो दुध र दहीबाट पूजा गर्नु राम्रो मानिन्छ। से पूजन करना चाहिए। मावबटा बनेको मिठाईको भोगले शिव प्रशन्न हुनेछन।

सिंह राशि
यस राशिको स्वामी सूर्य हो। यो राशिका व्यक्तिले शिवलिङ्गलाई चिसो पानीले अभिषेक गर्नुपर्दछ। शिवको मन्त्र जप सधै गर्नु आवश्यक मानिन्छ।

कन्या राशि
बुधको स्वामित्व गर्ने राशि हो कन्या। यी व्यक्तिले मुंगीको दालबाट बनेको मिठाई भोग लगाउनु उत्तम हुनेछ। बेलपत्र र फल पनि अर्पित गर्नु राम्रो हुनेछ।

तुला राशि
शुक्र यस राशिको स्वामी हो। साउन महिनामा अष्टमी र एकादशी तिथिको दिन शिवलिंगमा सेतो लुगा चढाउनु राम्रो हुनेछ। यसको साथै माता पार्वतीलाई श्रृंगार सामग्री अर्पित गर्नुपर्ने हुन्छ।

वृश्चिक राशि
मंगलको यस राशिमा साढ़ेसातको अन्तिम समय चलिरहेको छ। पूरा महिना शिव मन्दिरको बाहिर रहेका गरिब व्यक्तिहरुको सेवा गर्नाले साढेसातको नराम्रो प्रभावबाट राहत मिल्नेछ।

धनु राशि
गुरुको स्वामित्व गर्ने यस राशिका व्यक्तिले आइतबार बेशनबाट तयार पारेको मिठाईको भोग लगाउनु उत्तम हुन्छ। पहेलो लुगा आफ्नो आमालाई अर्पित गर्दा लाभ मिल्नेछ।

मकर राशि
शनि यस राशिको स्वामी हो। यस्ता व्यक्तिले शिवलिङ्गमाथि निलो रङको फुल चढाउनु पर्छ। दियो बालेर शिवको पूजा गर्दा लाभ मिल्नेछ।

कुम्भ राशि
शनिको राशि कुम्भ। यी व्यक्तिले शिवज र शनिको प्रसन्नताको लागि कोही जेहेन्दार तथा गरिव विद्यार्थीको लागि आर्थिक सहयोग गर्नु उपयुक्त हुन्छ।

मीन राशि
गुरुको स्वामित्व गर्ने यस राशिका व्यक्तिले यस महिना कुनै पनि एक ज्योर्तिलिंगको दर्शन गर्दा लाभ मिल्नेछ।

प्रतिक्रिया