साताको शेयर बजार : एक अर्ब ७८ करोडको कारोवार

शर्मिला गुरुङ

काठमाडौँ, ३२ साउन : धितोपत्र बजारमा यस साता कूल १७१ कम्पनीको शेयर कारोवार भयो । चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर आरोलो लागेको बजार यस साताको अन्तिम दिन एक हजार २२४.०३ मा पुगेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल ७५ लाख ४४ हजार १३ कित्ता शेयर रु एक अर्ब ७८ करोड ९२ लाख २३ हजार ६६६ मा मूल्यमा खरीद बिक्री भए । गत साताको अन्तिम दिनअर्थात् यही साउन २३ गते एक हजार २३८.५६ मा बन्द भएको थियो । यस साताको शुरुआती दिनअर्थात् आइतबार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा झ¥यो । आइतबार कूल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता शेयर रु ३१ करोड १७ लाख ५६ हजार ८५६ मूल्यमा खरीद बिक्री भए ।

यस्तै सोमबार नेप्से परिसूचकमा झिनो अङ्कले सुधार भयो । सो दिन परिसूचक ०.१३ बिन्दुले सुधार आई एक हजार २३३.८५ बिन्दुमा कायम भयो । उक्त दिन कूल १७१ कम्पनीको १८ लाख २१ हजार ८२२ कित्ता शेयर रु ३१ करोड ४२ लाख २८ हजार ९२१ मूल्यमा खरीद बिक्री भए ।

मङ्गलबार पनि नेप्से परिसूचक ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २३१.०७ मा पुग्यो । कूल १६५ कम्पनीका १८ लाख ९६ लाख ४५४ कित्ता शेयर रु ४८ करोड १६ लाख २९ हजार ७६० मा खरीद बिक्री भए ।

बुधबार नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । सो दिन परिसूचक ५.१७ बिन्दुले घटेर एक हजार २२५.९० मा झ¥यो । कूल १६९ कम्पनीका १० लाख ६९ हजार ६९० कित्ता शेयर रु २५ करोड ७२ लाख ८५ हजार एकमा खरीद बिक्री भए ।

साताको अन्तिम दिन बिहीबार पनि नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह््यो । सो दिन परिसूचक १.८६ बिन्दुले घटेर एक हजार २२४.०३ मा पुग्यो । परिसूचक घटेसँगै कारोवार रकम पनि औसतमै सीमित रह्यो । कूल १५९ कम्पनीको १६ लाख १० हजार ५४० कित्ता शेयर रु ४२ करोड ४३ लाख २३ हजार १२८ मा कारोवार भयो ।

यस्तै साता भर कारोवारका आधारमा दुई जलविद्युत् कम्पनीसहित वाणिज्य बैंकको बोलवाला रह्यो । माछापुच्छ«्रे बैंक शीर्ष स्थानमा रहँदा रसुवागढी जलविद्युत् कम्पनी, लक्ष्मी बैंक, नेपाल बैंक, साञ्जेन जलविद्युत् कम्पनी, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, कृषि विकास बैंक, सनराइज बैंक र एनआइसी एशिया बैंक क्रमशः दश कम्पनीका शेयर कारोवार भए ।

बजार पूँजीकरणका आधारमा यस साता पनि नेपाल टेलिकम शीर्ष स्थानमा रह्यो । नविल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्र्डड चार्टड बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन बैंक, एनआइसी एशिया बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक बजार पूँजीकरणका आधारमा उत्कृष्ट दश कम्पनीमा पर्न सफल भए । यस साता दुई कम्पनीका शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भए । सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको १३ लाख ५८ हजार २८० कित्ता शेयर लाभांश र नेपाल इन्भेस्ट बैंकको २७ लाख ९८ हजार ४१९ कित्ता अर्डिनरी शेयर सूचीकृत भए । रासस

प्रतिक्रिया