सात वर्षपछि यस्ती भईन सलमान खानकी ‘वान्टेड’ गर्ल, सामाजिक सञ्जालमा भद्दा टिप्पणीको वर्षा

रिता घिसिंग

काठमाडौँ : बलिउड अभिनेत्री आयशा टकिया पछिल्लो सात वर्ष देखि चलचित्र क्षेत्रको चमकधमकको दुनियाँबाट टाढा छिन्। लामो समयपछि हालै उनलाई मुम्बईको बान्द्रास्थित एक सैलुन बाहिर देखिएको थियो। एक्कासी सैलुन बाहिर देखिएपछि उनको तस्बिर खिच्नको लागि मानिसको भीड जम्मा भएको थियो। अहिले सामाजिक सञ्जालमा उनका तस्बिरको बाढी आएको छ। सामाजिक सञ्जालमा रहेका यी तस्बिरहरुमा उनी एकदमै अलग देखिएकी छिन्।

उनी पहिलेको तुलनामा धेरै मोटी भएकी छिन्। यति मात्र नभई उनलाई चिन्न समेत गाह्रो भएको प्रतिक्रिया आईरहेको छ।आयशाका यी तस्बिरहरुमा उनको फिगरको बारेमा मानिसहरुले भद्दा टिप्पणी गरिरहेका छन्। कसैले उनलाई राखी सावन्त जस्तो देखिएको बताईरहेका छन् भने कसैले उनलाई गरिबको ‘किम कार्दशियन’ बताएका छन्। एक प्रयोगकर्ताले आयशाको तस्बिरमा टिप्पणी गर्दै लेखेका छन् – ‘के बाट के भईन्, सर्जरीले धोका दिएछ।’ एक अर्को प्रयोगकर्ताले आयशालाई सल्लाह दिँदै लेखेका छन् कि उनले तुरुन्तै बुर्का लगाउनुपर्छ ताकि उनको यस्तो डरलाग्दो रुप मानिसले नदेखुन्।

सामाजिक सञ्जालमा आयशा टकिया ट्रोलको शिकार भएको यो पहिलोपटक भने होईन्। यो भन्दा पहिले पनि आयशा सर्जरीकै कारण ट्रोल भईसकेकी छिन्। यसपटक पनि उनका समर्थक एवं प्रसंशकले उनको लुकको बारेमा सवाल उठाएका छन्। एक फ्यानले पहिले प्राकृतिक रुपमै त्यति धेरै सुन्दर मान्छेलाई आखिर किन सर्जरीको जरुरत परेको होला भनी प्रश्न गरेका छन्।

आयशाले सन् २००४ मा प्रदर्शनमा आएको फिल्म ‘टार्जन : द वन्डर कार’ बाट बलिउडमा कदम राखेकी थिईन्। यस चलचित्र पछि उनले दिल मांगे मोर, सोचा ना था, डोर, क्याश, सन्डे, दे ताली, वान्टेड, पाठशाला जस्ता फिल्महरुमा गरिन्। सन् २००८ मा प्रदर्शित सलमान खानको ब्लकबस्टर चलचित्र ‘वान्टेड’ मा उनी सलमान खानसँग जोडी बाँधिएकी थिईन्। फिल्ममा यी दुईको जोडी खुबै जमेको थियो। अन्तिम पटक उनी सन् २०११ मा फिल्म ‘मोड’ मा देखिएकी थिईन्।  आयशाकी आमा गुजराती र बुवा मुसलमान हुन्। उनले २००९ मा व्यापारी फरहान आजमीसँग विवाह गरेकी थिइन्। उनीहरुका एक छोरा पनि छन्। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचारहरू