साथी भेट्न जान्छु भनेर हिडेका २३ वर्षीय सन्दिप बेपत्ता

मनिषा थापा

भक्तपुर : ललितपुर जिल्लाको महालक्ष्मी महानगरपालिका वडा नम्बर चार, इमाडोलका २३ वर्षीय सन्दिप थापा बेपत्ता भएका छन्। भाद्र २३ गते सोमबार लगनखेलसम्म जान्छु भनेर बिहान ११ बजे निस्किएका उनी आजको दिन सम्म फर्किएका छैनन्। यति बेला सन्दीपको परिवार चिन्तामा परेको छ।

साथीलाई भेट्न जान्छु भनेर हिडेका सन्दिपको फोन पनि त्यहि दिन देखि अफ रहेको उनका बुबा शिवशरद थापाले बताए। उनको आनीवानी राम्रै भएको उनको भनाई छ। विविएसका विद्यार्थी रहेका उनको अहिलेसम्म झगडा र दुस्मनी कसैसँग नभएको उनको बुबाले जनाए। सन्दिप अपहरण गरेको हुन् सक्ने उनको अनुमान छन्। उनले भावुक हुँदै छोरालाई भेटेमा खबर गर्न अनुरोध गरेका छन्। 

दर्शकवृन्दहरु ! यदि तपाईहरुले कतै देखेमा वा केहि खबर प्राप्त भएमा सन्दिपका बुबा शिवशरण थापाको फोन नम्बर ९८८०३९६४५२, ९८४१३६३३८ मा सम्पर्क गर्न सक्नुहुनेछ अथवा हाम्रो पिएनपिखबरडटकममा म्यासेज पनि गर्न सक्नुहुनेछ । 

बाँकी हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू