साफ च्याम्पियनसिपः फाइनमा पुग्न नेपाललाई चुनौती

कृष्ण रोकाया

काठमाडौँ ११ भदौ : भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।

भारतको कल्याणी रङ्गशालामा भोलि बिहीबार हुने अन्तिम लिग खेलमा नेपालले भूटानलाई पराजित गरेमा मात्र फाइनलमा स्थान बनाउने छ । त्यस्तै हिजो भएको खेलमा नेपालले साविक विजेता बङ्गलादेशलाई ४–१ गोलअन्तरले पराजित गर्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो ।

नेपाल र बङ्गलादेशको समान ६÷६ अङ्क छ तर नेपाल हेड टु हेडको आधारमा बङ्गलादेशभन्दा अगाडि छ । बङ्गलादेश अङ्क तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै भारत ९ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । श्रीलङ्का तीन अङ्कका साथ चौथो स्थानमा छ भने अङ्कविहीन रहेको भूटान अन्तिम स्थानमा छ ।

भोलि नै हुने अर्को खेलमा भारतले बङ्गलादेशको सामना गर्नेछ । नेपालले भूटानलाई पराजित गरे फाइनल पुग्ने सम्भावना लगभग पक्का हुनेछ भने यदि बङ्गलादेशले भारतलाई फराकिलो अन्तरले पराजित गरेमा गोलअन्तरमा नेपाल पछाडि पर्ने सम्भावना रहन्छ । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्का र भूटान सहभागी छन् ।रासस

प्रतिक्रिया