सामाजिक सञ्जालमा भारइल तस्बिरले आलोचित बन्दै मिस नेपाल शृंखला खतिवडा

शर्मिला गुरुङ

काठमाडौं, २५ पुस : चर्चामा रहेकी मिस नेपाल शृंखला खतिवडाको यतिबेला आलोचना हुन थालेको छ । हालै चीनमा सम्पन्न मिस वल्र्डमा राम्रो परफरमेन्स गरेपछि चर्चामा आएकी उनि धार्मिक आवरणमा प्रचारजन्य क्रियाकलापमा देखिएपछि सामाजिक सञ्जालमा आलोचना हुन थालेको हो।

सामाजिक सञ्जालमा भेटिएको तस्बिरमा शृंखलाले जाडो ढाक्ने बहानामा क्रिस्चियन धर्म झल्कने टोपी बाँडिरहेको देखिन्छ । सामाजिक सञ्जालमा मिस नेपालले धार्मिक प्रचार हुने खालका टोपी बाँड्न मिल्छ ? भन्दै प्रश्न गरिएको छ ।

आर्किटेक्ट इन्जिनियर शृंखला बौद्धिक छिन् । तर, तस्बिरले उनी ‘मिस नेपाल हो कि मिस क्रिस्चियन’ हो भन्ने प्रश्न उब्जेको छ । चर्चित गायिका अञ्जु पन्त त खुलेआम रूपमा क्रिस्चियन धर्म प्रचारमा लागेकी छन् । उनले बेला बेला दुर्गम गाउँबस्तीमा गई लुगाफाटा, विभिन्न शैक्षिक सामग्री, सके पैसासमेत दिँदै आएकी छन् । पछिल्लो समय नेपालका दुर्गम गाउँबस्तीका अतिविपन्न नागरिकलाई विभिन्न सहयोग गरेर धर्म परिवर्तन गराउने काममा चर्चित सेलिब्रिटी नै प्रयोग हुँदै आएका छन् ।

प्रतिक्रिया