सारा अली खानले आमाको घर छोडेको बारे आफैले गरे यस्तो खुलासा

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानले फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी हुन्। उनको दोस्रो फिल्म ‘सम्बा’ ले पनि बक्स अफिसमा राम्रो कमाइ गर्न सफल भयो। दुवै फिल्मका विषयमा साराले करन जोहरको च्याट शो कफी विथ करणमा आफ्नो र परिवारका विषयमा खुलासा गरेकी छन्।

उनले आफू बुवा आमा अलग भएका कारण दुखी नभएको बताइन्। उनले जो व्यक्तिको विचार अलग-अलग हुन्छ त्यस्ता व्यक्ति छुट्टै बसेको नै राम्रो हुन्छ। केही दिन अगाडि सारा अली खान आफ्नी आमाको घर छोडेर बेग्लै बस्न थालेको समाचार सार्वजनिक भएको थियो।

साराले सामाजिक संजालमा एउटा फोटो शेयर गरेकी छन्। यो फोटोमा उनी समान प्याक गर्दै गरेको देखिएको छ। त्यसपछि सामाजिक संजालमा विभिन्न अड्कल बाजी सुरु भयो। कतिपयले साराको आमासँग राम्रो सम्बन्ध नभएको बताए भने कतिले साराले आमाको घर छोडेको टिप्पणी गरे।

तर साराले बुवा आमाको घर छोडेको विषयमा एक भिडियोमार्फत वास्तविकता खुलाएकी छन्। उनले आफू एक ब्राण्ड क्याम्पेनको हिस्सा भएको बताएकी छन्। सारा एउटा हेयर रिभुवर क्रीम ब्राण्डको हिस्सा छन्। यद्यपी यो ब्राण्ड र उनको भिडियोसँग के सम्बन्ध छ भन्ने कुरा आगामी दिनमा साराले बताउलिन नै। तर साराका फ्यानका लागि खुशीको खबर के हो भने उनी आमाबाट छुट्टिएकी होइनन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू