सारेगमप लिटिल च्याम्पको लागि भारत जाँदै अर्को नेपाल बाल गायक [भिडियो सहित]

शर्मिला गुरुङ

इटहरी, ५ मङ्सिर : चर्चित भारतीय टेलिभिजन रियालिटि शो ‘सारेगमप लिटिल च्याम्प’मा डिजिटल अडिसन पास गरि अर्को अडिसनमा सहभागी बन्न भारत जान लागेका इटहरीका बाल गायक प्रीतम आचार्यलाई आशिर्बाद तथा शुभकामना प्रदान गरिएको छ ।

निषाद संगीत बिद्यालय इटहरीमा आचार्यलाई एक कार्यक्रम गरि शुभकामना दिइएको हो । इटहरीकै विश्व आदर्शमा कक्षा ६ मा अध्यानरत प्रितम उमेरले भर्खर ११ बर्षका छन् । हेर्नुस् भिडियो अन्तरबार्ता :

उनका धेरै गित तथा कभर गीतहरु य़ुटुबमा प्रसस्त छन् । इटहरी ५ स्थायी घर भएका प्रीतम सङ्गीत र पढाइलाई सँगसँगै लागिरहेका छन् । उक्त्त शुभकामना कार्यक्रममा प्रीतमका बुबा काशीनाथ आचार्यले भने ‘कसैले छोरालाई पाइलट इन्जिनियर डाक्टर बनाउँछु भन्छन् तर मेरो छोरा गायक नै बनोस् । मेरो इच्छा पनि यही हो’ । आधुनिक, शास्त्रीय दुवै कसिमका सङ्गीतहरूमा कलात्मक तरिकाबाट आवाज दिने शक्ति भएका प्रितमको सुमधुर आवाजले जोसुकैलाई भाबुक बनाइदिन्छ । केहि समय अगाडी देखि गुरु भुपेन्द्र राइले उनलाई निरन्तर अभ्यास गराईरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू