सारेगमप लिटिल च्याम्पमा तेस्रो भए प्रितम

admin

काठमाडौँ, २६ जेठ: भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक आयुस केसी भने चौथो भएका छन् ।

फाइनलमा ६ जना पुगेका थिए । सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमले अडिसनदेखि नै जजहरुलाई प्रभावित पारेमा थिए । २०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए ।

प्रतिक्रिया