सार्क फिल्म फेस्टिभलमा अभिनेत्री स्वस्तिमालाई ‘बेस्ट पर्फमेन्स अवार्ड’

मनिषा थापा

काठमाडौँ : श्रीलङ्कामा आयोजित ‘दी सार्क फिल्म फेस्टिबल–२०१९’मा चलचित्र ‘बुलबुल’बाट अभिनेत्री स्वस्तिमा खड्काले अवार्ड हात पार्न सफल भएकी छिन् ।

जुलाई २ देखि ७ सम्म भएको उक्त फिल्म फेष्टिबलमा सहभागी हुन स्वस्तिमा गत हप्ता श्रीलंका पुगेकी थिइन् ।

उनले ‘बेस्ट परफर्मर जुरी अवार्ड २०१९’ को टाइटल हात पारेको आफ्नो फेसबुकमार्फत जानकारी दिएकी छिन् ।

स्वस्तिमाले अवार्ड पाएसंगै फेसबुकमा खुसी साटदै यो अवार्ड नेपालका लागि भएको बताएकी छिन् । साथै उनले आफूले जितेको अवार्ड ‘बुलुबल’ टिमलाई समर्पित गर्न चाहने उल्लेख गरेकी छन् ।

गत वर्षको फागुनमा प्रदर्शनमा आएको विनोद पौडेल निर्देशित ‘बुलबुल’लाई समीक्षकले निकै प्रशंसा गरेका थिए । चलचित्रमा स्वस्तिमाले जिवन्त अभिनय गरेकी थिईन् ।

प्रतिक्रिया