यस वर्षको बडादशैँको शुभ साइत बिहान १०:३५ मा

मनिषा थापा

काठमाडौं : यस वर्षको बडादशैंको टीका टीकाको शुभ साइत असोज २१ गतेबिहान १० बजेर ३५ मिनेटमा जुरेको छ। उक्त शुभ साइत सबैभन्दा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको शनिवार बसेको बैठकले दशैं घटनास्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो ।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा रामचन्द्र गौतमले विजया दशमीको दिन देवी विसर्जन गर्ने साइत २१ गते बिहान ८ बजेर ४५ मिनेटका लागि निर्धारण गरिएको जानकारी दिए । यस वर्ष असोज १२ गते (आइतबार)देखि नवरात्र शुरु हुने छ । नवरात्रको पहिलो दिन घटनास्थापना गर्ने साइत बिहान १० बजेर ३५ मिनेटका लागि निर्धारण गरिएको छ ।

घटस्थापनाको दोस्रो दिन असोज १३ गते नेपाली सेनाको झण्डा फेर्ने साइत तोकिएको छ । अध्यक्ष गौतमका अनुसार सेनाको झण्डा फेर्ने साइन बिहान १० बजेर २५ मिनेटमा तोकिएको छ । पश्चिम दिशातर्फ फर्किर झण्डा झण्डा फेर्दा उत्तम हुने गौतमले बताए ।

यस्तै, १६ गते पचली भैरवको यात्रा र १८ गते फुलपातीको समय बिहान ८ बजेर ५२ मिनेटको लागि तय गरिएको गौतमले जानकारी दिए । १९ गते आइतबार महाअष्टमी र कालरात्री शुरु हुने छ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ ।

प्रतिक्रिया