सालकको खपटासहित पक्राउ

admin

काठमाडौँ, ४ माघ : महानगरीय प्रहरी परिसर काठमाडौँले दुर्लभ वन्यजन्तु सालकको खपटासहित आज एक जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले काठमाडौँको स्वयम्भू क्षेत्रमा अवैधरुपमा दुर्लभ वन्यजन्तुको छाला तथा खपटा बिक्री वितरण हुने गरेको सूचनाका आधारमा थानकोटका ३१ वर्षीय वसन्त तामाङलाई पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले दुई थान सालकको खपटा झोलामा बोकेर हिँडिरहेको अवस्थामा तामाङलाई पक्राउ गरिएको बताउनुभयो । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय, हात्तीसार पठाइएको छ ।

विचौलिया पक्राउ
यसैबीच परिसरकै टोलीले यातायात व्यवस्था विभागअन्तर्गत ‘भेइकल फिटनेश सेन्टर’ टेकुबाट एक विचौलियालाई पक्राउ गरेको छ । परिसरको टोलीले सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई काम छिटो गरीदिन्छु भनेर दुःख दिँदै आएका ओखलढुङ्गाका इन्द्र दाहाललाई आज पक्राउ गरेको हो ।
-रासस

प्रतिक्रिया