‘सालको पात टपरी’ को सफलतापछि हिन्दी गीतमा मरिश्का पोखरेल

रिता घिसिंग

भक्तपुर : लोक गीत ‘सालको पात टपरी’ को सफलतापछि नायिका मरिश्का पोखरेल अहिले हिन्दी गीत ‘हर लम्हा’ मा देखिएकी छिन । शंकर लामिछानेको शब्द, संगीत रहेको गीतमा चन्द्र शेखर सिंहले संगीत संयोजन गरेका छन् ।

गीतमा भारतीय प्ले ब्याक सिंगर निलेश सिंह र साहिवाको आवाज रहेको छ । म्युजिक भिडियोमा मरिश्काको साथमा संगीतकार शंकर लामिछानेलाई देख्न सकिन्छ । नेत्र गुरुङको निर्देशन रहेको भिडियो सम्पादन पनि उनले नै गरेका हुन् । गीतको छायांकन मिलन शंकरले गरेका हुन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया