सिके राउतलाई २४ घण्टे अल्टिमेटम, कर्यापझर्याप गर्न सरकारलाई गौतमको आग्रह ! (भिडियो)

मनिषा थापा

पिएनपिखबर : नेकपाका युवा नेता पुण्य गौतमले सिके राउतलाई २४ घण्टाको अल्टिमेटम दिएर सरकारले कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन।

अन्तर्वार्तामा कुरा गर्दै नेता गौतमले सरकारले राउतलाई राष्ट्रघात र हिँसा छोडी अखण्ड नेपालमा शान्तिपूर्वक बाँच्न दिएपनि जनमतसंग्रह जस्ता बिषय उठाई सरकारलाई धोका दिएको र युएनपीओ जस्तो संस्थामा ‘फ्रि तिब्बत’ जस्तै ‘फ्रि मधेस’ र जनमतसंग्रहको नारा लगाउनु अखण्ड नेपाल विरोधी षडयन्त्र भएको  बताएका छन।

देशको सर्बोपरी हितमा सरकारले अर्को सहमति गरेन भने सिमित ब्यक्ति र समूहलाइ फाइदा पुगेपनि समग्र देशलाई भने घाटा हुने उनले स्पष्ट पारेका छन । ११ बुँदे सम्झौता लगत्तै जनकपुरमा राउतको सहभागितामा भएको र्यालीको बारेमा बोल्दै गौतमले नेपालको सार्वभौमिकतालाई ठाडो चुनौती दिदै सिके राउतको वरिपरि कथित ‘फ्रि मधेस’ र जनमतसंग्रहको ‘प्ले कार्ड’ बोकेकोे जुलुसले घातक नारा लगाउनु सम्झौताको ठाडो उल्लङ्घन भएको  बताएका छन ।

हेर्नुहोस भिडियो : 

प्रतिक्रिया