सिके राउतसँग सहमती गर्ने सम्माननीय प्रधानमन्त्रीलाई समेत् कारवाही हुनुपर्छ : ज्ञानेन्द्र शाही

मनिषा थापा

पिएनपिखबर : युवा विश्लेषक ज्ञानेन्द्र शाहीले सिके राउतसँग सहमती गर्ने सम्माननीय प्रधानमन्त्रीलाई समेत् कठोर भन्दा कठोर सजाय हुनुपर्ने अभिव्यक्ति दिएका छन्। देशलाई टुक्राउन खोज्ने व्यक्तिको समर्थन गरेको भन्दै उनले प्रधानमन्त्रीमाथि कडा आलोचना व्यक्त गरेका हुन्।

देश द्रोहीको मुद्दा लागेका सिके राउतलाई ६ महिना पनि नबित्त्दै प्रधानमन्त्रीले निकालेको शाहीको आरोप छ। उनले भने, ‘कानुन कसैको विर्ता हैन, कानुन ठुला अपराधीका लागि एउटा, जनताको लागि अर्को गर्न मिल्दैन।’

प्रधानमन्त्रीले देश अखण्डताको लागि नभई देशलाई टुक्रा-टुक्रा पार्ने काम गरेको उनले टिप्पणी गरेका छन्। सरकारबाट राष्ट्रघाती काम भएको भन्दै उनले भने, ‘सिके राउत देशको लागि कुनै पनि राष्ट्रको हितको लागि हुदैन, मधेस देशको एउटा अभिन्न अङ्ग हो जुन एक जनाले चाहेमा टुक्राउन सक्दैनन्। राउतसंगसंगै प्रधानमन्त्रिलाई समेत् कारवाही हुनुपर्छ’ उनी थप्छन, ‘राउतसँग साटगाँठ गरिरहेका प्रधानमन्त्रीलाई पनि पदबाटै बर्खास्त गर्नुपर्छ।’

उनले तराई, मधेश पहाडबाट जनता एकजुट भएर लाग्नु जरुरी रहेको बताए। शाही आउँदो चैत्र ८ गते देखि भ्रष्टचारी र देशद्रोही विरुद्ध आन्दोलन गर्ने तयारीमा छन्। हेर्नुहोस युवा विश्लेषक ज्ञानेन्द्र शाहीसँगको कुराकानी…

 

प्रतिक्रिया