सिद्धुविरुद्ध मानहानीको मुद्धा दायर गर्दै एक हजार करोडको माग

मनिषा थापा

भारतको पञ्जाबका मन्त्री तथा पूर्व क्रिकेटर नवजोसिंह सिद्धुको राजनीतिक संकट बढेको छ । केहि दिन अघि आफ्नै मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहविरुद्ध टिप्पणी गरेपछि उनको संकट बढेको हो । त्यसको लगत्तै फेरी उनी अर्को चपेटामा परेका छन्।

पुर्व भारतीय क्रिकेटर तथा काँग्रेस नेता नवोजोत सिंह सिद्धु मुद्दामा मुछिएका छन्। उनले जी न्युजविरुद्ध दिएको टिप्पणी उनलाई महँगो परेको छ । जी न्युजले मानहानीको मुद्धा दायर गर्दै एक हजार करोडको माग गरेको छ ।

सिद्धुलाई पठाएको नोटिसमा भनिएको छ, ‘’सिद्धुले माफी नमागे हामी न्यायलय जान बाध्य हुनेछौँ । कानुनी प्रक्रिया अनुसार उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाउनेछौँ ।’’

विधानसभाको निर्वाचान प्रचारका क्रममा ‘पाकिस्तान जिन्दावाद’ विषयलाई लिएर यो विवाद उत्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू