सिन्धुकप फुटबल शुरु

admin

सिन्धुपाल्चोक, २२ वैशाख: सिन्धुपाल्चोकको लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा चौथो सिन्धुकप फुटबल प्रतियोगिता शुरु भएको छ । विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफलगायत ए डिभिजनका चार टिमसहित आठ टिमले भाग लिएका अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिनुभयो ।



प्रतियोतिताको विजेता टिमले रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार, उत्कृष्ट पाँच खेलाडीलाई रु १० हजार र म्यान अफ दि म्याचलाई रु पाँच हजार प्रदान गरिनेछ । प्रतियोगिता यही वैशाख २८ गतेसम्म चल्नेछ । रासस

प्रतिक्रिया