सिन्धुली कप खुला भलिबल प्रतियोगिता शुरु

admin

सिन्धुली, १५ मङ्सिर : सिन्धुली कप खुला भलिबल प्रतियोगिता आजदेखि सिन्धुलीमाढीमा शुरु भएको छ । सिन्धुली युवा व्यवसायी क्लबको आयोजना र कमलामाई नगरपालीकाको सहयोगमा प्रतियोगिता शुरु गरिएको हो । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले प्रतियोगिताको उद्घाटन गर्नु भएको छ ।

प्रतियोगिताअन्र्तगत आजको पहिलो खेलमा स्वीस सिन्धुली स्कुलले भिमान युवा क्लबलाई २५–१३, २५–१८, दोस्रो खेल फिक्कल गाउँपालिकाले बिहानी युवा क्लब बेलटार मरिणलाई २५–२२, २५–१९ र तेस्रो खेल ब्लु अल्पाईन क्लबले प्रगती युवा क्लबलाई २५–१३, २५–१२ को सेटमा पराजित गरेका छन् । प्रतियोगिताका आज भएका खेलमा स्वीसका सरोज हायू, फिक्कलका सनिप श्रेष्ठ र ब्लु अल्पाइनका महेन्द्र चौधरी म्यान अफ दि म्याच भएका छन् ।

प्रतियोगिताबाट पहिलो हुने समूहलाई नगद रु एक लाख, दोस्रो हुनेलाई नगद रु ४० हजार, अनुशासित समूह र उत्कृष्ट खेलाडीलाई कप, मेडल तथा प्रमाण पत्रका साथै म्यान अफ दि म्याचलाई मेडल, प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा नौ टीमले दर्ता गराएका छन् ।
-रासस

प्रतिक्रिया