सिरियाका पौने दुई लाख शरणार्थी लेबनानबाट घर फिर्ता

admin

बेरुत, ६ चैत : लेबनानमा रहेका पौने दुई लाख सिरियाली शरणार्थीहरु घर फर्किएको अधिकारीहरुले बताएका छन् । लेवनानका अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार यही मार्च सम्ममा स्वदेश फर्किने सिरियाली शरणार्थीहरुको संख्या एक लाख ७२ हजार ४६ पुगेको छ । 

“सिरियाली शरणार्थीहरुलाई आफ्नै देशमा फर्काउनका लागि लेबनानले स्वंयसेवी भएर निरन्तर रुप धेरै कामहरु गरेको छ,” एक अधिकारीले भने । उनले आगामी दिनमा पनि निरन्तर यो काम गरिरहने पनि बताए । 

 

केही शरणार्थीहरुले भने सिरिया फर्किएपनि सुरक्षित रहन नसकेको बताएका छन । स्वदेश र विदेशमा ठूलो संख्यामा सिरियाली शरणार्थी बसेका छन् । यहाँ लामो समयदेखि जारी हिंसाका कारण चार लाखभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । हिंसा अझै रोकिएको छैन । यहाँ गृहयुद्ध जारी छ । जसले गर्दा यहाँका लाखौँ लाख नागरिक स्वदेश र विदेशमै शरणार्थीका रुपमा बाँच्नु परिरहेको अवस्था छ । 

-रासस

प्रतिक्रिया