सुनचाँदीको भाउले फेरि तोड्यो उच्च रेकर्ड

राष्ट्रिय समाचार समिति

काठमाडौं, ३० साउन : आज साताको पाँचौ दिन अर्थात बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । दुई सातादेखि निरन्तर बढेर हिजो बुधबार प्रतितोला ७ सय रुपैयाँ घटेको सुनको भाउ आज पुनः १२ सय रुपैयाँ बढेर ७१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। तेजावी सुन पनि प्रतितोला ७ सय रुपैयाँ बढेर ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । हिजो प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ ।

अन्तराष्ट्रिय बजारमा डलर र सुनको भाउ दिनप्रतिदिन बढेकाले नेपालमा पनि सुनको भाउ बढेको महासंघले जनाएको छ।

प्रतिक्रिया