सुनको भाउ घट्यो

मनिषा थापा

काठमाडौँ : आज साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। शुक्रबार ५ सय रुपैयाँ बढेर ६५ हजार ५ सय रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको सुनको भाउ आज ५ सय रुपैयाँले घटेको हो।

आज बजारमा छापावाल सुन ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ७७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया