पिएनपिखबर : निरन्तर ओरालो लागेको सुनको भाउ पुन उकालो लागेको छ। आज हप्ताको ५ औ दिन बिहिबार सुनको भाउ ४ सय रुपैयाँले बढेको छ।
आज सुन प्रतितोला ७० हजार ६ सयमा कारोबार भईरहेको छ। हिजो सुन प्रतितोला ७० हजार २ सयमा रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज सुन सँगै चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ८ सय ५० मा कारोबार भईरहेको छ भने हिजो ८ सय ५५ मा कारोबार भएको थियो।