सुनको मूल्यले नयाँ रेकर्ड कायम, केही वर्ष यताकै महंगो

रिता घिसिंग

असोज २६, काठमाडौँ : आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहीबार प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ७ सयले बढेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य केही वर्ष यताकै महंगो हो। यसअघि २०६९ सालमा सुनको मूल्य ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसयता सुनको मूल्य ६० हजारभन्दा कमकै मूल्यमा कारोबार भइहेको थियो।

त्यस्तै आज चाँदी ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ बिहीबारको तुलनामा ५ रुपैयाँले महंगो भएको हो।

प्रतिक्रिया