सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम रोकिएन

शर्मिला गुरुङ

काठमाडौँ, १३ असोज : आज साताको दोस्रो दिन अर्थात् सोमबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सोमबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेको छ भने चाँदी पाँच रुपैयाँले घटेको छ ।

हिजो आइतबार प्रतितोला ६ सय रुपैयाँ घटेर ७० हजार २ सयमा कारोबार भएको छापावाल सुन आज २ सय रुपैयाँ घटेर ७० हजारमा कारोबार भइरहेको छ। यस्तै आज तेजावी सुनको भाउ पनि २ सय रुपैयाँले नै घटेको छ। आज तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको लागेको छ । आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया