सुनचाँदीको मूल्य घट्यो

शर्मिला गुरुङ

काठमाडौँ, २७ जेठ  : आजको साताको दोश्रो दिन अर्थात सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ।

हिजो प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेर ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ।

हिजो प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया