सुन्दरीलाई बिकिनीमा देखेपछि सुँगुरले टोकीदिए नितम्ब (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : इन्टरनेटको दुनियामा प्रायजसो हरेक दिन सामाजिक संजालमा कुनै न कुनै प्रकारका भिडियोहरु भाईरल भईरहेका हुन्छन्। अहिले यस्तै एक रमाईलो भिडियो भाईरल भईरहेको छ। भिडियोमा एक महिलाले समुन्द्री किनारामा बिदा मनाइरहेको बेला सुँगुरले उनको नितम्बमा टोकेको देखिएको छ। 

यो भिडियो बहामास टापुको भएको बताइएको छ। इंस्टाग्राम मोडल मिशेल लेभिन बहामासमा आफ्नो बिदा मनाउन गएकी थिईन। उनले त्यहाँको  समुन्द्री किनारामा तस्वीरहरु लिइरहेकी थिइन्। ठिक त्यही समय केही सुँगुरहरु उनको पछि लाग्छन् र उनको बाँया नितम्बमा टोक्छन्। 

 

यो सबै घटनालाई भेनेजुएलाका एक व्यक्तिले भिडियो गरेर सामाजिक संजालमा पोष्ट गरेका छन्। ती महिला समुद्र तटमा रमाइलो गरिरहेको बेला चार सँगुरहरु उनको पछि  लागेर बाँया नितम्बमा टोक्छन्। 

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू