सुन्न र बोल्न नसक्ने सुजल बमले राखिन् विश्व रेकर्ड, छोरीको भिडियो हेरर खुशीले थामिएन बाबाको आँशु [भिडियो सहित]

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : सुन्न र बोल्न नसक्ने सुजल बम अभिनित पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। हिजो शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरि “झिम झिम परेली” बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो।

सुजल बम द्वारा अभिनित म्युजिक भिडियो संभवत व्यवसायिक रुपमा विश्वकै पहिलो बहिरा कलाकरद्वारा अभिनय गरेको भिडियो भएको प्रमाणित भएपछी एभरेष्ट वल्र्ड रेकर्डमा उनको नाम दर्ता भएको छ। कलाकार सुजल बमलाई एभरेष्ट वल्र्ड रेकर्डका मथुरा श्रेष्ठले रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

डा. डीआर उपाध्यायको शब्द र लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको सार्वजनिक गीतमा गायिका कविता शिवाकोटीको सुमधुर स्वर सुन्न सकिन्छ।

उक्त गीतको भिडियोमा वसन्त सापकोटाको निर्देशन, अर्जुन सापकोटाको छायांकन, माइकल चन्दको कोरियोग्राफी र सलोन लम्सालको भिडियो सम्पादन रहेको छ भने बहिरा कलाकार सुजल बम र नारायण आचार्य “ह्याप्पी”को अभिनयले भिडियो दमदार बनेको छ।

यसै कार्यक्रममा बोल्दै सुजलका बुवा टेक बमले सुजल मेरो मात्र नभई छोरी भनाइ तपाईहरु सबैको छोरी भएको बताउदै छोरीको सफलतामा खुशीको आँशु खसाल्दै भक्कानिएका थिए। हाम्रो समाजमा अहिले पनि कान नसुन्ने, नबोल्ने मान्छेहरुलाई दोश्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरिन्छ भन्दै उनका बुवा टेक बमले चित्त दुखाएर भक्कानिएका थिए । कार्यक्रममा आफ्नो खुशी साटुन्जेल भरि नै उनका आँखामा आँशु टिलपिल भएर बगेका धर्साहरु प्रष्टै देखिन्थ्यो। उनि बेला बेलामा भक्कानिन्थे । उनको यो अवस्था देख्दा सोझै अनुभव गर्न सकिन्थ्यो आफ्ना छोराछोरीका सफलतामा आमाबुवा कति खुशी हुन्छन भनेर।

उनले कान नसुन्ने, नबोल्ने आफ्नी छोरी सुजल बमको लागि पहिलो जग बसालिदिने फेसन इरा र दोश्रो सिंढी बनेर अगाडी बढ्न मद्दत गर्ने डा. डीआर उपाध्याय प्रति आभार प्रकट समेत गरेका थिए।

 सुजलको बमको सफलतामा हामीले पनि उनको परिवार सँग खुशी साट्ने प्रयास गरेका थियौँ, हेर्नुहोस भिडियो कुराकानी :

हेर्नुहोस सुजल बमद्वारा अभिनित पहिलो म्युजिक भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू