आज कति छ सुनचाँदीको भाउ ?

मनिषा थापा

काठमाडौँ : आज साताको तेस्रो दिन मंगलबार सुनको भाउ यथावत रहेको छ। आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ तथा तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज सुनको भाउ स्थिर रहेको भएपनि चाँदीको भाउ भने थोरै घटेको छ । आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार चाँदी ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया