सैन्य पनडुब्बीमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु

राष्ट्रिय समाचार समिति

मस्को, १७ असार : रूसी सेवेरोमोस्र्क शहर नजिकैको सैनिक शिविरमा रहेको पनडुब्वीमा भएको आगलागीमा परी कम्तीमा १४ जना रूसी सैनिक कर्मचारीको मृत्यु भएको मस्कोले मङ्गलबार जनाएको छ ।

रूसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पनडुब्वीमा भएको आगलागीका कारण यसमा कार्यरत कर्मचारीको मृत्यु भएको छ ।”

“उनीहरूको जहाजमा भएको आगलागीका कारण निस्किएको धुवाँको मुस्लोका कारण स्वासप्रश्वासमा समस्या हुँदा उनीहरूको मृत्यु भएको हो ।” सोमबार उक्त घटनाबारे रूसी अधिकारीले अनुसन्धान शुरू गरेको बताएका छन् । रासस÷एएफपी

प्रतिक्रिया