सोमालिया होटल आक्रमण, २६ को मृत्यु

राष्ट्रिय समाचार समिति

सोमालियाको एउटा होटलमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये धेरै विदेशी नागरिक रहेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । घटनामा परी अरु ५६ जना घाइते भएका छन् ।

देशको दक्षिणी क्षेत्रमा रहेको चर्चित तथा लोकप्रिय होटलमा भएको यो आक्रमणको अल सबाबका लडाकूहरुले गरेको दाबी गरिएको छ ।मृत्यु भएका मध्ये तीन केन्याली, एक क्यानाडाली, एक बेलायती, दुई अमेरिकी र तीन तान्जानीयाली नागरिक रहेका अधिकारीहरुले जनाएका छन् ।

घटनामा परी दुई जना पत्रकारको पनि मृत्यु भएको पत्रकार सम्वन्धी संगठनले पुष्टि गरेको छ । त्यसैगरी घाइते भएका मध्ये दुई जना चिनियाँ नागरिक रहेका क्षेत्रीय अध्यक्ष अहमद मोहमद इस्लामले पत्रकारहरुलाई जानकारी दिनुभयो । आक्रमणमा चार जना संलग्न भएको अधिकारीहरुले बताएका छन् । विस्फोटन धेरै ठूलो भएको प्रत्यक्षदर्शीको भनाई छ ।

प्रतिक्रिया