सौतेनी आमाको अत्याचारका कारण यस्तो भयो बालकको हाल, आफ्नै छोराले खोलिदिए पोल

रिता घिसिंग

पिएनपिखबर, टेक्सास : अमेरिकाको अदालतले सौतेनी छोरालाई अत्याचार गरेको आरोपमा एक महिलालाई २८ सालको जेल सजाय सुनाएको छ। सात बच्चाको आमाले बालक माथि बिभिन्न तरिकाले अत्याचार गर्ने गर्थ्यो। बालकलाई भोकै राख्नुका साथै उनलाई मर्ने गरि कुट्ने पनि गर्थ्यो। बालकमाथि भएको अत्याचार तब पत्ता लाग्यो जब उनको आफ्नै सख्य छोरा सौतेनी भाइसंग घर छोडेर भागेका थिए। यसै अभियोगमा बालकको पितालाई पहिला नै १५ सालको सजाय सुनाई सकेको थियो।

यो कथा अमेरिकाको टेक्सासमा बस्ने ९ बर्षिय बालक जॉर्डन ब्लेमेयरको हो। उनीमाथि सौतेनी आमाले एकदम अत्याचार गर्थ्यो। जॉर्डनको पिता ब्रेडली ब्लेमेयरले ३७ बर्षिय टम्मी ब्लेमेयरसंग दोस्रो बिबाह गरेका थिए। जॉर्डन आफ्नो आमासंग बस्नुको साट्टो बुबासंग बस्न रुचाए।

जॉर्डनको सौतेनी आमाले उनलाई पटकै मन पराउदैन थिए। सौतेनी आमाले उनीमाथि अत्याचार गर्दा उनको बुबाले बिरोध गर्नुको सट्टा उल्टै सौतेनी आमालाई झन् सहयोग गर्थे।

जॉर्डनमाथि भैरहेको अत्याचार तब पर्दाफास भयो जब (२०१४) उनको आफ्नै छोरा सौतेनी आमाको मोबाइल लिएर जॉर्डनसंगै घर छोडेर भाग्यो। पुलिसले लोकेसन ट्रयाक गरि उनीहरुलाई पक्राउ गरेका थिए। पक्राउ परेपछि आफ्नै सख्य छोराले सौतेनी भाइ माथि भएको अत्याचार बारे पुलिसलाई जानकारी गराएका थिए। यो घटना बाहिरिएपछि २०१६मा आरोपी पितालाई १५ सालको सजाय सुनाएको थियो भने सौतनी आमालाई भने २८ सालको सजाय तोकिएको छ।

पुलिसले जॉर्डनलाई फेला परेको समयमा उनि ५ बर्षको थियो। भोकै राखेका कारण उनको तौल मात्र १३ किलोको थियो। उनको शरीरमा घाउ चोट र कुटपिट गरेको निशानी धेरै थियो। उनको हालत यस्तो थियो कि उनि मृत्युको एकदमै नजिक थियो। उनलाई परिवारसंगै बसेर खाना खान दिदैन थियो। उनलाई खानाको लागि पाउरोटी मात्र दिन्थ्यो। त्यो पनि परिवारबाट निकै टाढा बसेर खानु पर्थ्यो।

घरमा पाहुना आउँदा जॉर्डनले अरुलाई नभनोस भनि आफ्नै पिताले नशालु पदार्थ खुवाएर सुताईदिन्थ्यो। साथै करेन्टको झट्का दिने र भित्तामा टाउको ठोकी दिने पनि गर्थ्यो।

प्रतिक्रिया