स्कुटरको पाङ्ग्रामा बसी एक हात र ब्रेकले मेची-महाकाली यात्रा गर्दै निलमणी भण्डारी [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  निलमणी भण्डारी शारीरिक रुपले अशक्त भएपनी, उनीभित्र त्यस्ता प्रतिभा छन जुन देख्दा हर कोहिलाई चकित पार्न सक्छ। उनी शारीरिक रुपले अशक्त भएता पनि कला र गलामा भने अब्बल छन्। उनी गायन क्षेत्र देखि साहित्य विधामा समेत पोख्त छन्।

भोजपुरको उत्तरी दिङ्लाको एउटा किसान परिवारमा जन्मेका भण्डारी पुर्णत शारिरिक रुपमा अशक्त छन् । उनका हात खुट्टा मध्य एक हात मात्रै राम्ररी चल्छ। तर पनि उनले हिम्मत कहिले हारेका छैनन् । उनले हालै  साहसी कार्य गर्न सोचमा छन् जुन सपाङ्गको लागि पनि त्यति सजिलो छैन। उनी आफ्नो स्कूटरको एउटा मात्र चक्कामा बसेर, एउटै मात्र हातले पूर्व मेची देखी पश्चिम महाकाली सम्मको यात्राामा निस्कँदै छन ।

पछिल्लो समयमा उनीमाथि ठुलो बज्रपात आईपरेको छ। उनको जीवनभर साथ् दिन्छु भनेर वाचा गरेकी श्रीमतीले अहिले उनलाई डिभोर्स दिएकी छिन्। प्राणभन्दा प्यारी श्रीमतीले डिभोर्स दिएपछि उनी सामाजिक संजालमा भाइरल भएका छन्।

उनीहरुको गएको असोज ९ गते डिभोर्स भएको थियो। उनले दशैँको मुखमा पुर्वपत्नीका लागि फेसबुक मार्फत खुल्ला पत्र लेखेका थिए जुन निकै भाईरल भएको छ। निलमणीकी १२ वर्षिया एक छोरी छिन्। छोरी अहिले उनकै श्रीमतीसँग दुबईमा बस्ने गर्छिन। भण्डारीको श्रीमतीले नै हुर्काईरहेकी छिन्। तर अहिले भने दशैँको चाडका कारण उनले आफ्नो छोरी भेट्न पाएका छन्। उनी डेढ वर्ष पछि आफ्नो छोरी भेट्न पाउँदा निकै खुसी भएका छन्। छोरीलाई अहिलेसम्म आफ्नो र श्रीमतीको सम्बन्ध बारे केहि थाहाँ नदिएको नीलमणि बताउँछन्।

उनले अबको दिनमा मेची-महाकाली भ्रमण गर्ने योजना रहेको पिएनपिखबरसँग कुराकानीमा बताए। उनले आफ्नो भ्रमणको उद्दश्यको बारेमा भने, ‘देशमा जुनै सरकार आए पनि अशान्ति नै छ, म शान्ति चाहन्छु। देशको शान्ति सुरक्षा बलियो होस , अनिमियतता, भ्रष्टाचार, हिँसा अन्त्य होस् भने उद्दश्यका साथ् म भ्रमणमा जादैछु।’

उनले त्यस भ्रमण निकै खर्चिलो हुने बताए। उनले १० लाखको खर्च हुने अनुमान लागएका छन्। यसका लागि आर्थिक सहयोगका लागि उनले आफ्ना शुभ चिन्तकहरुसँग अपिल पनि गरेका छन्। भ्रमण अघि आर्थिक सङ्कलन कै कार्यक्रमलाई प्राथमिकता दिने बताए।

उनले पिएनमिडियामार्फत भ्रमणका लागि सहयोगीमनहरुलाई हात बढाउँन अपिल समेत गरेका छन्। निलमणीको यात्रा सफल बनाउन आर्थिक सहयोग गर्ने चाहनु हुने महानुभावले तल दीइएको विवरणमा सम्पर्क गर्न सक्नुहुनेछ।

सहयोगको लागी सम्पर्क नम्बर : ९८५१०५६९३९
नविल बैङ्क, मैतीदेवी शाखा
बैङ्क खाता नम्बर : ३६१००१७५०६५५१

हेर्नुहोस भिडियो  :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू