स्याड फादर्स डे

admin

सधैं सात बजे मात्रै कलेज र अफिस जानैुपर्ने भएकाले कर गरीगरी उठने म आज खै किन अध्यारोमा नै आँखा खुले, फेरी निदाउन कोसीस गरे आँखा पटक्कै जोडिएनन् कति बजेछ भन्दै मोबाइल हेर्न मन लाग्यो मोबाएल अनलक गर्ने बित्तिकै समयभन्दा पहिले मेरा आखा हाम्रो पात्रोको नोटीफिकेसनमा पर्यो शुक्रबार भदौ १३ बुवाको मुख हेर्ने दिन, मोति जयन्ती, विश्व बेपत्ता दिवस ।

मन चसक्क भयो बल्ल मलाई चाल भयो किन आज छिट्टै आखा खुलेका रहेछन् । यो समयमा चार बजेको छ बिगतका बर्षहरुमा चार बजे नै ड्याडीलाई फोन गरेर उताबाट हेलो शब्द नआउदै मैले ह्याप्पी फदर्स डे ड्याडी भन्दा ड्याडीले ओहो आज भदौ कृष्ण औंसी पो हो ? एकछिन फोन राख त सानु म तिमीलाई मुख देखाउन्छु भन्दै फोन काटियो अनि म्यसेन्जरमा भिडियो कल आएको संकेतको घण्टी बज्यो, ल अव मुख हेर अनि अघि भनेको कुरा फेरी भन ड्याडीको मुख हेर्दै फेरी मैलै अघिकै शब्दहरु दोहो¥याउदै भनेकी थिए ह्याप्पी फादर्स डे ड्याडी आइ लभ यु, थ्याङक्यु सो मच छोरी उताबाट हर्सित र केही मलिन स्वरमा बोल्नु भकोथ्यो ड्याडी ।

सिरानी नजिकै राखेको ड्याडीको फोटोमा आँखा गए जसमा अलिकति पहेंलो टिका र सुकीसकेको फुलको माला लगाइएको छ र सिरमा हार्दिक श्रद्धान्जली, पुछारमा दाहिनेतिर जन्म मिती २०३०-१०-१७ र देब्रेतिर लेखिएको छ मृत्यु २०७५-११-१८ आँखा धमिला भए फोटो उठाए र अलिअलि लागेको धुलो पुछ्दै भक्कानिएं अर्को कोठामा आवाज जाला भन्दै हातले मुख छोप्दै रोय जति गरे पनि आँशु रोकिनै मानेनन् मन दुखिरह्यो । ड्याडीसंगका अनेकन रमाइला क्षणहरु आँखाभरी नाचिरहे ।

पोहोर साल आजकै दिन बिहानै फोन गरेर फादर्स डेको कुरा सकिए पछि मैले ड्याडी हजुरलाई के गिफ्ट चाहियो भनि सोध्दा उहाँले अलि गम्भिर हुँदै सबै छोराछोरी कमसेकम आजको दिन मसंगै भइदिएको भए मलाई केही चाहीदैनथ्यो तिमीहरुको कुनै उपहारले संगै नहुदाको भर्पाई गर्न सक्दैन सानु भो मलाई केहि चाहिदैन बरु छिट्टै घर आउ । अब मैले ड्याडीको गम्भिरता चिर्नु थियो ल म एकजना नभएर केभो त दाइ भाई संगै छन् अनि दिदि पनि त एकछिनमा आइहाल्छे अनि किन नराम्रो मान्नुप¥यो अ… बरु मेरो दक्षिणा चाँही आइएमइ गर्दिनु नि फेरी, बल्ल मेरो प्रयास सफल भयो ड्याडी थोरै भएपनि मुस्काउनुभयो । सानु दाजुभाइ र दिदि त छन् तर तिमीमात्रै म संग छैनौ ।

ड्याडी हजुरले नै होइन दुख पछिको सुख अनि विछोड पछिको मिलन रमाइलो र आनन्ददायी हुन्छ भन्ने अनि आज फेरी किन यस्तो कुरा गर्नुभको? ड्याडीलाइ कतै अन्र्तआत्मामा थियो कि यो फादर्स डे मेरा लागि अन्तिम हो र अन्तिम पटकको फादर्स डे मा सबै छोराछोरी आफुसगैं होउन् भन्ने लागेको हुदोहो मलाइ भने यसको हेक्का नै भएको थिएन होस पनि कसरी भर्खर पैतालिस बर्षको एकदमै हट्टाकट्ठा निरोगी मेरो ड्याडीलाई पैतालिस बर्ष एक महिना एक दिनको दिन र बैवाहिक बन्धनमा बाधिंएको बत्तिस बर्ष १६ दिनको दिन हत्या गरिदिएको थियो पापीले ।

हाम्रो सुन्दर घरसंसार उजाडियो क्षणभर मै संसार रित्तोरित्तो भो, हामीमाथिको आकाश कहिल्यै सुर्य नउदाउने गरी अध्यारियो । मम्मीको सिउँदोको सिन्दुर सगैं जिवन साथी प्रति देखेका सपनाहरु पखालिए र सबै इच्छा आकाङ्क्षाहरु झ¥यामझुरुम फुटे नारीका चुराजस्तै । हामी चार जना भाइबहिनीको शिरबाट ड्याडीको छाँया पलभरमै हटेर गयो । दैव लाग्यो त के भन्नु दुष्मनको कुदृष्टि प¥यो हामीमाथि सहनै नसकिने पिडा भयो २०७५ फागुन १८ गतेको राती विरेन्द्रनगर ६ बुद्धपथमा मेरो ड्याडीलाई कसैले एकदमै निर्ममता पुर्वक हत्या गरी फलिदियो उसले ड्याडीको शरिर मात्र मारेर फालेको थिएन हाम्रो खुसी सपना र सिंगो संसार नै मारेको थियो ।

पोहोर सालको फादर्स डेमा ड्याडीले केहि चाहिदैन भन्दाभन्दै मैले मेरो जिद्धिको अगाडी हारेर ल ल बाबा जे ल्याइदिए पनि छोरीले ल्याइदिएको मेरा लागि अमुल्य र प्रिय हुनेछ । यो भएनि हुन्छ ड्याडी भन्दै हाफ कोट देखाएकी थिए ड्याडीले आँखालाई अलि ठुलो पार्दै भन्नुभको थियो कसले भन्यो मलाई मोदीकोट लाउन मन थियो भन्ने पक्कै मम्मीले भनि होला है? भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै लगाउने त्यस्तो कोटलाई ड्याडीले मोदीकोट भन्नुहुन्थ्योे मैले भनिहालेकी थिए होइन होइन हजुरले एकपटक भन्नुभाथ्यो नरेन्द्र मोदीलाई त्यो हाफकोट कस्तो सुहाउँछ भनेर अनि मैले त्यही बेला बुझिसकेकी थिए हजुरलाई यो कोट लगाउन मन छ तर छोराछोरीको आवश्यकता र सपना पुरा गर्न दिनरात मेहेनत गर्दा पनि टाउको भरी ऋणको थुप्रो छ अनि आफुलाई मन परेको खानुहुन्न र लगाउनुहुन्न त्यही भएर मैले नै किन्दिए ड्याडी मन प¥यो हजुरलाई? यति बोलि रहदा सम्म मैले उहाको अनुहारतिर हेरेकी थिइन ड्याडी त रोइ रहनु भएको पो रहेछ ।

मलाई नरमाइलो लाग्यो आफै देखि रिस उठ्यो किन भन्न परेको हुदोहो यति सिधै मलाइ मन प¥यो हजुरलाई सुहाउछ जस्तो लाग्यो अनि किने भनेकी भए भैहाल्थ्यो नि । अब बोलि सकेकी थिए अबको मेरो काम ड्याडीको अनुहारमा खुसी सहितको मुस्कान ल्याउनु थियो म बोलि हाले यति नराम्रो भो है मेरो गिफ्ट रुनै पर्नि ठिकै छ भोलि गएर फिर्ता गरिदिन्छु मेरो अन्तिम शब्द नसकिदै ड्याडीले होइन सानु मलाई एकदम मनप¥यो छोरीको ऋण लाग्यो मैले कैले तिर्न सकुलां उहाको यो छोरीको ऋण लाग्यो भन्ने शब्दले मुटुमा चिसो पसेको थियो मैले रिसँएको लवजमा भनेकी थिए छोराले जे गरेनी ऋण नलाग्नी अनि छोरीलाई किन यस्तो मैले सानोतिनो जागिर गरेकी छु मम्मी र हजुरलाई बर्षमा एकजोर लुगा फेरि दिनेसम्म हजुरको साथ र मेरो मेहेनतले भएकी छु ड्याडी । अनि किन मैले यति गदैमा हजुरहरुलाई पापी र ऋणि बनाउनुपर्ने?ड्याडी पढेलेखेको, छोराछोरीमा बिभेद नगर्ने भएपनि कहिलेकाहीं उहाँको धार्मिक ज्ञान पनि बाहिर आउथ्यो ।

लेखक : संगिता आचार्य

दशैंमा घर गए सबैभन्दा पहिले ड्याडीलाई मोदीकोट लगाउन दिए साच्चै त्यो कोट उहालाई एकदम सुहाएको थियो दशैंको दिन बिहानै देखी त्यो कोट लगाएर हिड्नु भएको थियो र कसैले कोटको तारीफ गर्दा छोरीले काठमाडौंबाट ल्याइदिएकी भन्नुहुन्थ्यो । हामीले थुप्रै फोटाहरु पनि खिचेका थियौं जुन मेरो फेसबुक र फोटा ग्यालेरीभरी छन् ।

दशैंकै दिन साँझपख ड्याडीले सानु यो फादर्स डेमा कोट ल्यायौ अब अर्को चोटी भने तिम्रो डिग्रीको सर्टीफिकेट होस् म त्यसलाई फ्रेम गरेर आफु सुत्ने सिरान नजिकै राख्छु । मेरो पढ्ने सपना हुँदाहुदै सात कक्षामा पढ्दै गर्दा चौध बर्षको उमेर मै बुवाले बिहे गराइदिनुभयो त्यसपछि पनि तिम्रो मम्मीले जेनतेन आफुले घरमा काम गरेर १२ सम्म त पढाइन तर त्यति बेलासम्म म दुई सन्तानको बावु बनिसकेको थिए अब आफुले पढ्नु र घरपरिवारको जिम्मेवारी पुरा गर्न नसक्ने भएपछि पढाइलाइ रोक्नुपरेको थियो । आफ्नो जस्तो दुख तिमीहरुलाई नहोस भन्नका लागी यति लागिपरेको छु मेरो यो दुख बुझ्ने अब तिमीमात्र छौ ।

दिदीको आठमा पढ्दै गर्दा बिहे भएको थियो दाजु भाइले १२,१२ पढेर अगाडी पढन मन गरेनन यो कुराले सधैं पिरोल्थ्यो ड्याडीलाइ र उहाको सपना पुरा गर्ने जिम्मा मेरै काधमा थियो म खुसी पनि थिए यो कुरामा र कहिलेकाही आफुमाथिको यति ठुलो जिम्मेवारी पुरा गर्न नसकुला कि भन्ने डर पनि लाग्थ्यो । मेरो टोलको पहिलोपटक पढ्नकै लागी बाहिर निस्कीने र मास्टर्स गर्ने पहिलो छोरी मनै थिए ड्याडीकै सहयोगमा म अगाडी बढिरहेकी थिए गाउँले र आफन्तले छोरी बिगार्ने भो आचार्य साइलोले भन्थे रे अहिले टाउकोमा टेकाएको छ पछि बिग्रएपछि थाहा पाउँछ भन्थे रे । तर कसैको कुनै किसीमका कुराको प्रवाह थिएन उहाँलाई प्रवाह थियो त केवल मेरो पढाइको ।

ड्याडी म फेल हुन्छु जस्तो छ मेरो परीक्षा बिग्रिएको छ भन्दा कति सहजै भन्नुहुन्थ्यो के भो त, घाँस काट्ने तिम्रो मम्मीलाइ कहिलेकाहीं झुक्किएर हात काट्छ तर उ कहिल्यै फेल हुदिन घुमाउरो पाराले पढ्ने मान्छे कहिलेकाहीं असफल हुनसक्छ पिर नगर मेहेनत गर पक्कै सफल हुन्छौ भन्न खोज्नु भएको थियो । उहाको यही आत्मविश्वास र आफ्नो मेहेनतले गर्दा नत म कहिल्यै पढाइमा असफल भए नत जिन्दगीमा । तर अब मेरो प्रेरणाको स्रोत नै रहनु भएन । यो बर्ष फोन गर्न र गिफ्ट दिनको लागी मेरो ड्याडी यो संसारमै हुनुहुन्न । केही महिनामा ड्याडीले म प्रति देखेको सपना पुरा हुदैछ मेरो मास्टर्स सकिदैछ सर्टिफिकेट पनि आउनेछ तर यो उपहार लिनका लागि उहांनै रहनुभएन ।

बाहिरतिर सबै कोही फोनबाट त कोही संगै बसेर आजको दिनलाई विशेष बनाई रहेका थिए मेरो मनमा भने पिडाको पहाड र आँखाभरी आँशु छ । मोबाइलको म्यासेन्जरमा ह्याप्पी फदर्स डे भन्दै आइरहेका म्यासेजहरुले मलाइ दुखी बनाइरहेका थिए यस्ता म्यासेज पठाउनेहरुले मलाइ बल्ल खाइस भन्दै जिस्क्याइ रहेझैं लाग्यो जसरी एउटा बालकले आफुसंग चकलेट हुदां नहुने साथीलाई जिस्क्याउदै दुइटै हातका चोर औंला दुइतिरको गालामा राखेर हेर म संग कतिमीठो चकलेट छ त संग छैन भने जस्तै गरी । मेरा लागि आजको यो दिन पात्रो बाटै हटिदिए हुन्थो जस्तो भइ रह्यो । कलेज त छुट्टी नै थियो अफिसमा पनि सन्चो छैन भन्दै बिदा लिएर बसें र दिनभरी रोइ रहें मानौं म आज ड्याडीलाई सम्झेर रुन बसेकी हुँ ।

संसारमा म भन्दा अभागी कोही छैन सबैका त बुवाहरु छन् अनि मेरै किन हुनुहुन्न । आज मलाई आठ छ कक्षामा बाग्मति गुरुङ मेडमले सबैलाई तिमीहरुलाई सबैभन्दा बढी कस्को माया लाग्छ भन्ने प्रश्नको याद आयो जसको जवाफमा सबैको जवाफ आमा/ मम्मी हुँदा मेरो जवाफ ड्याडीको माया लाग्छ भन्ने थियो, मलाई मेडमले मम्मीको किन लाग्दैन भनि सेध्नुभएको थियो जवाफमा मैले मम्मीको पनि लाग्छ तर हजुरले सबैभन्दा धेरै कस्को माया लाग्छ भन्नु भएकाले ड्याडी भने माया त मम्मीको पनि लाग्छ तर ड्याडीको धेरै लाग्छ भनी जवाफ दिएको अहिले झैं लाग्यो ।

महत्वपुर्ण र प्रिय चिज धेरै समयका लागि हुदैन ड्याडीपनि मेरोलागी अत्यन्तै प्रिय र महत्वपुर्ण हुनुहुन्थ्यो त्यसैले त जीवनरुपी बाटोमा उहाँको यात्रा बिचमै कतै हरायो फेरी कहिल्यै नफर्किने गरी, र हामी यतैकतै रुमलि रहेका छौं । साच्चै नै आफुले सबैभन्दा धेरै माया गर्ने र आफुलाई पनि सबैभन्दा धेरै माया गर्ने व्यत्ती गुमाउंदा अस्ह्य पिडा हुदोरहेछ । संसार एकदिन सबैलाई छोड्नु नै छ तर कालगतिले ,बिरामी भएर वा कुनै दुर्घटनामा परेर जानुभन्दा पिडादायी हुदो रहेरछ अनाहक मै कसैले मारी दिनुको पिडा । संसारको सबैभन्दा प्रिय व्यक्ति गुमएकी छु मैले सबैका लागी ह्याप्पी बनेको आजको फादर्स डे मेरा लागी र हामी चार भाइ बहिनिको लागि स्याड डे बनेको छ । र अब देखिको भदौ कृष्ण औंसी हाम्रो लागी साच्चैं औंसी जस्तै कालो अध्यारो हुने छ ।

अस्ति भदौ दश गते मेरो ड्याडीको हत्या भएको ६ महिना पुग्यो तर आजसम्म उहाँको हत्या किन गरिएको थियो भन्ने कुरा सार्वजनिक हुन सकेको छैन आरोपी हत्याको १०४ दिनको दिन समातियो तर किन हत्या ग¥यो भन्ने कुरामा हामी अझैं ओझेलमै छौं । साच्चै कति पिडा हुदो रहेछ परिवारको मान्छे गुमाइ सके पछि कैयौं समय हत्यारा नै पत्ता नलाग्दा र सम्पुर्ण प्रमाण सहित हत्यारा समातिए पनि उसले कारण नखुलाइ दिदां ।

आशा छ सम्मनित अदालतले छिट्टै यो कुराको फैसला सुनाउने छ र हाम्रो कठिन परिस्थितिमा केही सहजता प्रदान गरिदिनेछ । बुवा हुने कसैले पनि आफ्ना बुवालाई अपहेलना नगर्नुहोस किनकी भएको सस्तो हुन्छ जे पनि नहुदां संसारै रित्तोरित्तो हुन्छ । बुवा बिनाको बुवाको मुख हेर्ने औसी ह्याप्पी फादर्स डे स्याड डे हुनेछ । अन्त्यमा मेरो ड्याडीको हत्याको कारण छिटो पत्ता लागोस् अनि उह्नाको स्वर्गमा बैकुण्ठमा बास होस् !

प्रतिक्रिया

सम्बन्धित समाचारहरू