स्वास्थ्यमन्त्रीको भ्रमण मोहः एक वर्षमा २५ पटक विदेश उडे

admin

काठमाडौं, असोज १: देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए ।


दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरुमा अहिले डेंगीसँगै स्क्रबटाइफसलगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्यमन्त्री यादव भने विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि ।

उनले २०७५ जेठमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अलिहेसम्म पटकपटक विदेश भ्रमण गरिसकेका छन् । एक वर्षको अवधिमा उनी २५ पटकभन्दा बढी विदेश सयरमा निस्किएको मन्त्रालय स्रोतको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन् ।

प्रतिक्रिया