स्वीडेन वार्तामा ‘प्रगति’ देखिए थप वार्ता हुने : यमनी विद्रोही

admin

रिम्बो, स्वीडेन, २३ मङ्सिर: स्वीडेनको पहलमा यमनी सरकारसँग यमनी हुथी विद्रोहीले गरेको वार्तामा ‘प्रगति’ भएमा थप चरणको वार्ताका लागि आफुहरू तयार रहने यमनी विद्रोही समूहका प्रवक्ताले आइतबार बताएका छन् ।

सरकारले वार्तामा विश्वासको वातावरण सिर्जना गर्न र यसका लागि आवश्यक ढाँचा तयार गर्न सरकार तयार रहेमा हामी नयाँ चरणको वार्तामा बस्न सक्छौ,” विद्रोही हुथी समूहका प्रवक्ता मोहम्मद अब्देलसलामले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले थप्नुभयो, “सकारात्मक वातावरण र विश्वासको अवस्था आएमा आगामी वार्ता केही महिनाभित्रै हुनसक्छ ।”

प्रतिक्रिया