हत्केलाको यी स्थानमा कोठी हुने व्यक्तिको बैबाहिक जीवनमा आउछ समस्या

रिता घिसिंग

पिएनपिखबर : हस्तशास्त्रमा हातको रेखाको विशेष महत्व हुन्छ। यस विद्यामा हातको रेखा र हत्केलाको बनावटको आधारमा मानिसको स्वभाव र भविष्य पत्ता लगाउन सकिन्छ। हत्केलामा कसैकोमा कोठी पनि हुन्छ। हत्केलाको अलग-अलग भागमा रहेको कोठीको आधारमा पनि भविष्यवाणी लगाउन सकिन्छ।

-हत्केलाको शुक्र पर्वतमा कोठी हुने व्यक्तिको विचारमा पवित्रता हुँदैन।

-जुन मानिसको हत्केलाको चन्द्र पर्वतमा कोठी हुन्छ। ति व्यक्ति पानी (नदि,पोखरी, कुवा र समुन्द्र) देखि सावधान रहनुपर्छ। यी व्यक्तिहरुको बिबाह पनि ढिला हुन्छ।

-यदि गुरु पर्वतमा कोठी छ भने बिबाहमा समस्या आउछ। जुन सुकै काममा पनि सफलता प्राप्त गर्न मुस्किल पर्छ।

-शनि पर्वतमा कोठी हुने व्यक्तिको बिबाहमा बाधा अट्चन आउने गर्छ र बैबाहिक जीवन पनि सन्तोषजनक हुदैन।

-सूर्य पर्वतमा कोठी हुने व्यक्तिले समाजमा अपमानको सामना गर्नुपर्छ।

– बुध पर्वतमा कोठी हुने व्यक्तिले नोक्सान व्यहोर्नुपर्छ।

प्रतिक्रिया