हराएका बाल गायक ध्रुव बिक भावुक हुँदै मिडियामा, पोखे आफ्नो गुनासो (भिडियो)

मनिषा थापा

पिएनपिखबर : छोटो समयमा नै आफ्नो गायन प्रतिभाका कारण सामाजिक सञ्जालमार्फत भाइरल भएका बाजुराका ध्रुव बिक आजभोलि सामाजिक संजालमा निकै कम देखिन्छन। काठमाडौँको तिरुपाती बोर्डिंग स्कुलको होस्टेलमा बसेर नै पढ्ने भएकाले सामाजिक संजालमा उनको सक्रियता कम देखिएको हो।

ध्रुव अहिले आफ्नो पढाईलाई प्राथमिकता दिदै छन्। अहिले उनी पढाईका साथ्-साथै उनको गायक बन्ने सपना पनि पुरा भएको छ। उनले आफ्नो पहिलो गीत ‘यस्तो होस् मरण मेरो’ बोलको गीत पनि बजारमा आयो जुन दर्शकहरुले निकै मन पराएका छन्। उनी नेपाली आधुनिक, भावुक गीत देखि हिन्दी गीत पनि निकै मिठो गाउँछन्।

विगत दुईवर्ष अघि उनी प्रेम परियार देखि अशोक दर्जीलाई पनि टक्कर दिने खालका गीतहरू गाएर चर्चामा आएका हुन्। आफन्तले ध्रुवले गाएको गीतको केही अंश सामाजिक सञ्जाल फेसबुकमा राखेपछि उनी एका-एक चर्चामा आएका हुन।

सामाजिक संजालमार्फत उनलाई ३ दिनको यात्रा पार गरेर पिएनपिमिडियाका संचालक युवराज खत्रीले ध्रुवको भविष्य कोर्ने जिम्मा लिई राजधानी ल्याएका हुन्। यो दुई वर्षको अन्तरालमा आफु निकै बदलिएको बताउछन उनी। आफुले राजधानी आएर निकै कुराहरु देखेको सिकेको उनको भनाई छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू