हात सुन्निने, चिलाउने, सुक्ने समस्याले हैरान थिइन् महिला, डाक्टरले दिएको महंगा उपचारले पनि काम नगरेपछि एक्लै बसि रुन्थे

रिता घिसिंग

पिएनपीखबर : इंग्ल्याण्डमा फ्रांसेस्का रोड्स नाम गरेकी एक महिला आफ्नो हातमा भएको दुखाइ समस्याबाट यति हैरान थिइन् कि उनले आफ्नो जागिर छोड्ने स्थिति आइसकेको थियो। हातमा डर्माटाइटिस नामक बिमारीबाट ग्रसित थिइन्। उनको हातमा पहिले हल्का मात्र सुन्निएको थियो। फेरी बिस्तारै-बिस्तारै रातो निशानका साथै चिलाउन थाल्यो र हात सुक्न थाल्यो। रोड्सले यसको उपचारको लागि धेरै डाक्टरलाई देखाए डाक्टरले भने बमोजिमको क्रिमहरु पनि लगायो। तर केहि भएन। उनले यूवी थेरेपी पनि लिइन तर केहि फाइदा भएन। फेरी एक जनाले यसो उपाय बताए त्यसपछि उनले पिडाबाट छुटकारा पाए।

रोड्स पेसाले हेयर ड्रेसर हुन् र उनलाई आफ्नो काम साह्रै मन पर्थ्यो। रोड्सलाई पानीमा हात डुबाउन र नुहाउन साह्रै गाह्रो हुन्थ्यो। डाक्टरलाई देखाउदा क्रिम लगाउन लगाए तर केहि फाइदा भएन। समस्या झन् बढ्दै गयो। उनले यूवी थेरेपी पनि गरे तर केहि फाइदा भएन। पिडा सहन गाह्रो भएर उनि रुन्थे। एक दिन एकजनाले बच्चाको मोइस्चराइजर क्रीम लगाउन सल्लाह दिए। जुन ४.५ पाउंडमा आउथ्यो। उनलाई थाहा थियो एक दिनमा केहि हुदैन तब उनले हरेक दिन लगाई राखिन। २० दिनमा मेरो हात पहिलाको जस्तै भयो।

के हो डर्माटाइटिस ?
डर्मेटिस छाला सुनिन्छ। रातो हुनुका साथै चिलाउछ पनि। बिस्तारै छाला रातो हुदै सुक्न थाल्छ।

प्रतिक्रिया