‘हामी यस्तै त हो नी ब्रो’ गीत युट्युबबाट हटाइयो, भिटेन १ रात जेलमै

मनिषा थापा

काठमाडौं : चर्चित र्‍यापर भिटेन उर्फ समिर घिसिङको पनि गायक दुर्गेश थापाको जस्तै युट्युबबाट गीत हताइएको छ। बिहीबार पक्राउ परेसँगै प्रहरीले गीत हटाउन दबाब दिएपछि भिटेनले आफ्नो बहुचर्चित गीत ‘हामी यस्तै त हो नी ब्रो’ युट्युबबाट हटाएका हुन् ।


प्रहरीले गीतमा प्रयोग भएका शब्द र फेसबुकमा राखेको प्रहरीको तस्बिरको आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनलाई अभद्र व्यवहारको मुद्दा चलाउन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ । प्रहरीले मुद्दा चलाउनको लागि ललितपुर पठाएसँगै उनको जेलको बास हुने भएको छ ।

प्रहरीले मुद्दा चलाउनको लागि महानगरीय प्रहरी वृत्त जावलाखेल पठाएसँगै उनलाई भोलि प्रहरीले अदालतमा पेश गर्नेछ । अनुसन्धानको लागि म्याद थपिएमा उनी २५ दिनसम्म प्रहरी हिरासतमै बस्नुपर्ने पनि हुनसक्छ ।

यसअघि दुर्गेस थापाको गीतमा पनि देशमा प्रतिबन्धित लागूऔषध र मदिराको प्रचारप्रसार गरेको र तिहारमा यस्ता पदार्थहरु खानको लागि प्रोत्साहित गरेको भन्दै उनको गीत पनि युट्युबबाट हटाउन लगाइएको थियो । त्यसलगत्तै उनले युट्युबबाट गीत हटाई केही शब्दहरुमा बिप लगाएर पुनः सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया