हामी ‘सिम्पल मिडिया’ हुनुमा गर्व गर्छौ

मनिषा थापा

 – मनिषा थापा

पिएनपिखबर, भक्तपुर  : गत जेठ १५ गते सुर्खेतमा शान्तिपुर्वक भ्रष्टचार विरुद्ध आमसभा गरिरहेको स्थलबाट पक्राउ परेका तथा प्रहरीको निर्मम कुटपिटबाट घाइते भएका भनिएका ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाही शुक्रबार सर्वोच्च अदालतबाट रिहा भएका छन्।

पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले उनी माथि साइबर क्राइमको मुद्दा दर्ता गरेको थियो। उनलाई पक्राउ गर्दा पक्राउपुर्जी पनि दिएको थिएन । साइबर क्राइमको मुद्दा हेर्ने अधिकार काठमाडौँ जिल्ला अदालतलाई मात्र भएको तर पक्राउपुर्जी भने सुर्खेत जिल्ला अदालतबाटै जारी गरिएकाले कानुनसम्मत नभएको भन्दै ज्ञानेन्द्र शाहीलाई रिहा गरिएको थियो। 

देशमा व्याप्त विकृति, विसंगति र भ्रष्टचार रोकी सुशासन कायम गर्न अनि तपाईहरुको भावी पुस्ताले यो देशमा आरामको जीवन विताउन सकुन भनेर हामी हाम्रो आज (वर्तमान) तपाईहरुको भोलीको लागि बलिदान गरिरहेका छौ।

उनको रिहाईसंगै यति बेला देशभरि नै एक किसिमको तरङ्ग उत्पन्न भएको छ। आम नागरिक देखि अभियान्ताहरुले खुशी मनाई रहेका छन् तर केहि राजनीतिकबिटहरुमा भने टिक्काटिप्पणी भईरहेको छ। घाइते भएका शाही उपचारका लागि ट्रमा सेन्टरमा हुदा राप्रपाका प्रकाश लोहनी र मानवअधिकार संस्थाका सदस्य बाहेक कुनै पनि पनि राजनीतिक दल र संघसंस्था पुगेका हाम्रो आँखाले देखेनौ। अब पहिलो प्रश्न यो आउँछ की नेताहरु ज्ञानेन्द्र शाहीलाइ भेट्न नजानुको कारण के हो ? भ्रष्टचार विरुद्ध कार्यक्रम सफल भयो भने आफु पनि कारबाहीमा परिन्छ भन्ने डरले नगएका हुन त ?

त्यति मात्रै हैन नेपालकै नयाँ पार्टी भनिएका विवेकशील पार्टीले पनि अहिलेसम्म यस अभियानमा एक्यबद्धता जनाएको छैन। जबकी देशमा भएका सानोतिनो गतिविधि र अन्य भ्रष्टचार विरुद्ध धेरै कार्यक्रम आयोजना गर्दै माईतिघर मण्डलामा धर्ना बस्ने देखि आन्दोलन गर्ने उनीहरुको कार्य भईरहन्थ्यो। उनीहरुले यो अभियानमा भने एक्यबद्धता नजनाउनु केहि रहस्यमय रहेको देखिन्छ। पछिल्लो समय वाइडबडी प्रकरण देखि विभिन्न राजनीतिक उतारचडावबारे आवाज उठाएर ३ करोड जनताको माझ चर्चित भएका गगन थापाले पनि यस विषयमा एक शब्द नबोल्नु यो आफैमा अनौठो कुरा छ।

ज्ञानेन्द्र शाहीको विषयमा अहिलेसम्म कुनै पनि राष्ट्रिय स्तरको संचारमाध्यममा समाचार आएनन्। अझ अचम्मको कुरा त के छ भने अपबादमा रहेका केहि टेलिभिजन र पत्रपत्रिकामा समाचार त छापिए तर त्यसमा पनि ज्ञानेन्द्र शाहीको विरोधमै लेखियो। तर हामी अनलाईन मिडियाहरुले भ्रष्टचार विरुद्ध आन्दोलन सहि हो र ज्ञानेन्द्र शाहीको विचार सहि हो भन्दै विगत १ वर्ष देखि निरन्तर यस कार्यमा उनलाई फलोअप गर्दै आएका थियौ र गरिरहने पनि छौ। यसै सन्दर्भमा अहिले नेपालमा रहेका धेरै भन्दा धेरै युट्युबर र अनलाइन मिडियाहरुले यस आन्दोलनलाई समर्थन गरिदिनुभयो। फलस्वरूप शाहीको हिजो रिहाई भयो।

ज्ञानेन्द्र शाहीको रिहाइ हुने वित्तिकै नेपाली मूलधारका मिडियाजगतमा ठुलो हलचल भएको देखिन्छ। हिजो मात्रै एउटा राष्ट्रियस्तरको पत्रिकाले आफ्नो अनलाइन संस्करणमा ‘युट्युबरहरुको खेती’ भनेर समाचार प्रकाशित गरे। यसलाई एउटा संयोग मात्र मान्न सकिदैन। कतै युट्युबरहरु एक जुट भए र एउटै मुद्दामा निरन्तर बहस गरिरहे भने यिनीहरुले असम्भबलाई पनि सम्भब बनाउन सक्छन भनेर सायद मूलधारका मिडियाहरु अलिकति डराउन थालेका होकी भन्ने आभास भएको छ। त्यही कारण युट्युबरहरुलाई दबाउनकै लागि निरन्तर नकारात्मक समाचार लेखिरहेका छन्।

हामी मान्छौ केहि युट्युबरहरु डलर खेतीकै लागि भाइरल चिजलाई बढी प्रोत्साहन दिंदै बिना अर्थका शिर्षक राखी भियुजकै लागि काम गरिरहेका छन्। तर यी सबै युट्युबरहरुहरु एकजुट भए भने असम्भब भन्ने रहेनछ भन्ने कुरा ज्ञानेन्द्र शाहीको केसबाट छर्लङ्ग भएको छ। ज्ञानेन्द्र शाहीको यो आन्दोलनलाई अघि बढाउँन कुनै पनि पत्रपत्रिका र राष्ट्रियस्तरका मुलधारका मिडियाको हात छैन। उनको पहिलो कदम देखि नै उनको विचार र अभियानलाई समर्थन गर्दै जनमानसमा पुर्याउने काम अनलाइन र सामाजिक संजाल कै हो।

केहि समय अघि नेपाल कै चर्चित पत्रकार रवि लामिछानेले ज्ञानेन्द्र शाहीलाई मद्दत गर्न जानुपर्छ भनेर सामाजिक संजालमा आवाज उठेको थियो। जसकारण अष्ट्रेलियाबाट फर्कीएपछि एयरपोर्टबाट सिधै शाहीलाई भेट्न लामिछाने अस्पताल पुगेका थिए। उनले दुईमिनेट भेटेर आई आफ्नो कार्यक्रममा शाहीको विषयमा एक रिपोर्ट तयार पारे। उक्त रिपोर्टमा रविको समर्थन शाहीको पक्षमा देखिएन। रवि लामिछाने ट्रमा सेन्टरमा पुग्दा अभियन्ता भनिएकी एक महिलाले देशको ठुला मिडियाहरु आएनन् र सिम्पल मिडियाहरु मात्रै आए भनेर युट्युबरहरुलाई लक्षित गर्दै होच्चाउने ढङ्गले भनेकी थिइन। त्यसपश्चात हाम्रो भिडियोमा समेत् केहि दर्शकहरुले ‘सिम्पल मिडिया’ भन्दै तुच्छ कम्नेट गर्नुभएको छ। तपाईहरुको कम्नेटले हामीलाई कहिँ कतै निरुत्साहित गरेको छैन। यधपी तपाईहरुलाई प्रतिउत्तर दिउ जस्तो लागेर हामीले यो सन्दर्भ तयार पारेका छौं।

जसले जति सुकै अहम गरे पनि हामीले ज्ञानेन्द्र शाहीको शुरुवाती चरण देखि नै यस अभियानमा सहयोग गर्दै आएका थियौ। हामी ‘नेपालका लागि नेपाली’ अभियानका समर्थक हैनौ न हामी उनको कार्यकर्ता नै हौ। हामी उनको लक्ष्य र विचारका समर्थक हौँ जुन जनताको हितमा छ। एक हिसाबले भन्नु पर्दा हामी भावनात्मक सम्बन्धको कारण पनि उहाँसँग नजिक छौ। उनी ठिक सोच र विचार भएका राष्ट्रभक्त नेपाली नागरिक हुन् भन्ने शुरुवाती दिन देखि लाग्थ्यो र लाग्छ पनि। शोही कारण हामीले उनलाई निरन्तर फलोअप गरिराख्यौ आज उनी देश-विदेशमा परिचित भएका छन्। त्यो भन्दा अगाडी अपबादमा रहेको एउटा टेलीभिजन बाहेक कुनै पनि अनलाइन, पत्रपत्रिका र टेलीभिजनले उनलाई आफ्नो अभियानबारे बोल्न प्ल्याटफर्म दिएका थिएनन्। उनलाई बोल्ने पहिलो प्ल्याटफर्म दिने अनलाइन ‘पिएनपिमिडिया’ नै हो।

जसले जति सुकै अहम गरे पनि हामीले ज्ञानेन्द्र शाहीको शुरुवाती चरण देखि नै यस अभियानमा सहयोग गर्दै आएका थियौ। हामी ‘नेपालका लागि नेपाली’ अभियानका समर्थक हैनौ न हामी उनको कार्यकर्ता नै हौ। हामी उनको लक्ष्य र विचारका समर्थक हौँ जुन जनताको हितमा छ।

तर अफसोच एकजना अभियान्ताले नै ‘सिम्पल मिडिया’ भन्नुभयो। तपाईहरुले पनि कमेन्टमा हामीलाई ‘सिम्पल मिडिया’ भन्नुभयो। हामी तपाईहरुलाई धन्यबाद भन्न चाहान्छौ किनभने हामी साच्चै नै ‘सिम्पल मिडिया’ नै हौ। हो हामीसँग ठुला मिडिया जस्तो धेरै स्रोत र साधन छै, धेरै पत्रकारहरु राख्न सक्ने हाम्रो क्षमता छैन। हामीलाई न कुनै दल र संघसंस्थाले समर्थन गरेका छन् न हामीले राज्यका कुनै संगठन, शक्ति र पार्टीसँग पैसा लिन परेको छ। आजसम्म कुनै संघसंस्थासँग हामीले विज्ञापन दिनुहोस भन्दै हात फैलाएका पनि छैनौ। तपाईहरु हामीलाई डलरवादी भन्नुहुन्छ। यही युट्युबबाट उठेको पैसाले हाम्रो सानो जत्था पालिइरहेका छौ। नत्र त शायद हामीले पनि कुनै दलको चाकडी गर्नुपर्थ्यो होला र दलगत पत्रकारिता गरेर उनीहरुको नकारात्मक कामलाई पनि सकारात्मक भन्दै प्रचार गर्दै हिड्नु पर्थ्योहोला।

शायद हामी ‘सिम्पल मिडिया’ नभई मुलधारकै मिडिया भएको भए हामी पनि छात्ती ठोकेर ज्ञानेन्द्र शाहीको विचार र अभियान ठिक छ भन्न सक्दैन थियौ। हामी शाहीको विषयमा अरु अनलाइन, पत्रपत्रिका जस्तै मौन बस्नु पर्थ्यो। हामीलाई कुनै पार्टीसँग आबद्ध नभएकोमा गर्व छ। कतै नजोडिएका कारण हामी सत्य, तथ्य र निस्पक्ष्य सुचना प्रवाह गर्न सक्षम छौ। ज्ञानेन्द्र शाही जस्ता देशभक्त युवाका न्यायका लागि बहस र आवाज उठाउँदै रातदिन खटिन पाएका छौ। त्यसैले हामी ‘सिम्पल मिडिया’ नै ठिक छौ।

  साच्चै हामी त ‘सिम्पल मिडिया’ हुनमा गर्व गर्छौ किनभने हामीले देशको हरेक दुखलाई नजिकबाट नियाल्ने मौका पाएका छौ। हाम्रा आँखाले देखे र हाम्रो पहुँचले भ्याएसम्म हरेक दुखलाई मिडियामार्फत ल्याउन सक्षम भएका छौ।

‘सिम्पल मिडिया’ भएपनि देशविदेशमा बस्ने तपाईहरुलाई देश र देशमा भईरहेको घटनाक्रमहरु बारे सु-सुचित गर्न हामी दुई पांग्रे मोटरबाइकमा चढेर हजारौं किलोमिटर यात्रा गर्दछौं। हरेक मोड र पाइला-पाइलामा हाम्रो पनि ज्यानको असुरक्षा रहेको छ। हामी पनि आफ्नो श्रीमती, बालबच्चा र घरपरिवार छाडेर अहोरात्र खटिएका छौ। हामी देशका हरेक ठाउँ पुगेका छौ र पिछडिएका आम नागरिकको आवाज बन्न पाएका छौँ। साच्चै हामी त ‘सिम्पल मिडिया’ हुनमा गर्व गर्छौ किनभने हामीले देशको हरेक दुखलाई नजिकबाट नियाल्ने मौका पाएका छौ। हाम्रा आँखाले देखे र हाम्रो पहुँचले भ्याएसम्म हरेक दुखलाई मिडियामार्फत ल्याउन सक्षम भएका छौ। त्यति मात्र हैन देशमा व्याप्त बिकृति, विसंगति र भ्रष्टचार रोकी सुशासन कायम गर्न अनि तपाईहरुको भावी पुस्ताले यो देशमा आरामको जीवन विताउन सकुन भनेर हामी हाम्रो आज (वर्तमान) तपाईहरुको भोलीको लागि बलिदान गरिरहेका छौ। यदि चाहेको भए अस्ट्रेलिया, अमेरिका जस्तो देशमा पुगेका हामी पनि त्यहि ठाउँमा बसेर टन्न पैसा कमाउन सक्थ्यौ होला अनि आरामको जिन्दगी बिताउन सक्थ्यौहोला। तपाइँहरु जस्तै एसीमा बसेर वाईफाईको माध्यमबाट भिडियो हेरेर जथाभावी कमेन्ट गर्न सक्थ्यौ होला तर हामीले त्यो बाटो रोजेनौ, हामीले त हाम्रो भविष्यर र हाम्रो आज तपाईहरु भोलीको लागि बलिदान दिएका छौ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू