यस्तो बनेर आयो १३ बर्ष पुरानो निर्णय श्रेष्ठको गीतको भिडियो [म्युजिक भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। राजधानीको माइकल ग्रिलमा एक प्रेस मिट आयोजना गरि निर्णय श्रेष्ठको ‘हाम्रो गाउले जिवन’ बोलको गीतको रिमेक भर्सन रिलिज गरिएको छ। उक्त प्रेस मिटमा आयोजक टिम, गीतका मोडल, निर्देशक, गायक साथै पत्रकारको बाक्लो उपस्थिति रहेको थियो।

र्याप क्षेत्र होस् या सामाजिक क्षेत्र निर्णय श्रेष्ठको नाम कुनै नौलो नाम होइन। २००५ मा उनले यो गीत पहिलो पटक आफ्ना दर्शकको लागि रिलिज गरेका थिए। त्यति बेला अहिलेको जस्तो अनलाइन सुबिधा थिएन। उनको यो गीत क्यासेटमा नै सिमित थियो। जति पुरानो उति राम्रो गीत अहिले रिमेक भर्सनमा आएको छ। यो गीत निर्णय कै ‘निर्णय एनएसके’ नामक युट्युब च्यानलमा अपलोड गरिएको छ।

१३ वर्ष पछी रिमेक भर्सनमा आएको गीत निर्णय श्रेष्ठ र प्राश्ना शाक्यको आवाजमा रहेको छ। यस गीतम संस्कृती झल्काउन खोजिएको छ। साथै यस गीतमा विदेशिन बाध्य अनि प्रियसीको सम्झनाले सताउने दृश्य समावेश गरिएको छ। निर्णय कै संगीत र शब्दमा रहेको यस गीतको भिडियोको निर्देशन मिमो श्रेष्ठले गरेका छन्। श्रेया कार्की र सुशान्तको दमदार अभिनय रहेको यस गीतको छायांकन बुद्ध थापा र टिमले गरेका हुन्। भिडियोमा सम्पादन बिकाश धमला र यारेंज भने रुपेन्द्र भैद्यले गरेका हुन्।

२००५ मा यो गीत ‘म नेपाली एनएसके स्टाइल’ एल्बममा समाबेश गरिएको थियो भने अहिले ‘एक नेपाली एनएसके स्टाइल’ एल्बममा समाबेश गरिएको छ।

हेर्नुहोस् भिडियो : 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू