हावामा भाँचियो विमानको इन्जिन, यात्रुको रुवाबासी (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : अमेरिकाको लस भेगासबाट उडान भरेको फ्रन्टियर एयरलाइन्सको एक विमानको डरलाग्दो भिडियो सार्वजनिक भएको छ । लस भेगासबाट फ्लोरिडा जाँदै गरेको यो विमानमा टेकअफ पछि नै अनौठो घटना भइरहेको थियो । यात्रुले केबीनमा अनौठो गन्ध महसुस गरे । अचानक पूरा विमान जोड जोडले हल्लिन थालेपछि विमानको दाहिनेपट्टिको भाग भाँचिएर टुक्रा तल खस्न थाले ।

यो देख्नासाथ विमानमा रहेका यात्रुमा रुवाबासी सुरु भयो । झ्यालको छेउमा बसेका एक यात्रुले यो घटनाको भिडियो रेकर्ड गरे । केही यात्रुले वाइफाइको माध्यमबाट परिवारलाई फोन गर्न लागे । सबैले मानिसकेका थिए कि अब उनीहरुको अन्तिम समय आइसकेको छ । इन्जिनको अवस्था टेकअफको १५ मिनेटपछि बिग्रिएको थियो । यही कारण विमान धेरै उचाइमा पुग्न पाएको थिएन ।

पाइलटले तत्काल विमानलाई लस एन्वल्स विमानस्थलमा आकस्मिक अवतरण गराउने अनुमति मागे र तत्काल विमान फर्काए । भाग्यवश विमानले सजिलै ल्याण्ड हुन सक्यो । ल्याण्डिङपछि निरीक्षण गर्दा थाहा भयो कि इन्जिनको बाहिरी कभर मात्र भाँचिएको थियो जसका कारण त्यसमा आगो लागेन र सबको ज्यान बच्यो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया