हिजो एक्कासी अकासिएको सुनको भाउ आज ह्वात्तै घट्यो, चाँदीको कति ?

शर्मिला गुरुङ

काठमाडौँ, ९ असोज : आज साताको पाचौँ दिन अर्थात बिहीबार नेपाली बजारमा हिजो सम्म उकालो लागेको सुनचाँदीको भाउ आज ह्वात्तै घटेको छ । हिजो बुधबार प्रतितोला ६ सय रुपैयाँ बढेको सुनको भाउ आज एक हजार रुपैयाँ घटेको हो।

हिजो प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७१ हजारमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि घटेको छ। हिजो प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको तेजावी आज ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । हिजो प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया