हिजो ह्वात्तै बढेको सुनको भाउ आज कति ?

मनिषा थापा

काठमाडौं, २४ साउन : आज साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। हिजो ५ सय रुपैयाँ बढेर प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको छापावल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि स्थिर रहेको छ। हिजो प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया