१३ जनालाई पछि पार्दै आयुष श्रेष्ठले हात पारे ‘हिमालय रोडिज’को उपाधि

मनिषा थापा

जर्नी राउन्डमा छानिएका १३ जनालाई पछि पार्दै आयुष उपाधिले  ‘हिमालय रोडिज सिजन २’ को उपाधि चुम्न सफल भएका हुन् ।

हात्तीवन सामुदायिक जंगलमा यसको फाइनल कार्यक्रम आयोजना गरिएको थियो । फाइनलमा आयुष श्रेष्ठ, पिरबिर घले र तेजश बस्नेतले प्रतिस्पर्धा गरेका थिए ।

आयुषले उपाधिसँगै १० लाख ९० हजार नगद, २५० सिसीको यामाह एफ जेड बाइक प्राप्त गरेका छन् । विजेताले २० लाख नगद जित्न सक्थेँ । तर, जर्नी राउन्डमा खेलाइएका खेलहरुबाट उनले १० लाख ९० हजार जित्न सफल भएका हुन् ।

हिमालय रोडिजमा प्रतिस्पर्धीहरुको शारीरिक, मानसिक र बौद्धिक क्षमता मात्र नभएर उनीहरुको सामाजिक व्यवहारको पनि मूल्यांकन भएको थियो । गत वर्षको सिजन जस्तै यसपालि पनि निर्णायक टिममा रेमनदास श्रेष्ठ, दिया मास्के र आशीष राना थिए । यो रियालीटी शोको निर्देशन अमन प्रताप अधिकारीले गरेका हुन् ।

प्रतिक्रिया