हिरासतमा रविले बोलेको गोप्य अडियो बाहिरियो, फेरी भने हिरासतभित्र असुरक्षित छु

admin

काठमाडौं: रवि लामिछानेले फेरी पनि आफु प्रहरी हिरासतभित्र सुरक्षित महशुष नगरेको बताएको अडियो बाहिरिएको छ । प्रहरी हिरसातमा भेट्न पुगेका पत्रकार टेकनाराण भण्डारीले उनीसंग अडियो कुराकानी गरेका छन् ।

उक्त अडियोमा रविले आफु प्रहरी अनुसन्धानप्रति विश्वस्त हुन नसकेको बताएका छन् । रविले भण्डारीसंग भनेका छन् जसले पुडाशैनीको भिडियो मिडियामा दियो उही प्रहरी प्रमुख यो घटनाको अनुसन्धान अधिकृत भएका कारण विश्वास गर्न सकिने आधार छैन । त्यसैले मैले असुरक्षित महशुष गरिरहेको छु ।


उनले यसअघि पनि आफ्नो पत्नीको सामाजिक सञ्जाल फेसवुक प्रयोग गरेर यहि कुरा भनेका थिए । अघिल्लो पाँच दिनको हिरा सतमा बस्दा आफुलाई त्यस्तो केही महशुष नभएको भएपनि फेरी अदालतवाट पाँच दिनको म्याद थप गरिएपछि भने शंका लाग्न थालेको सामाजिक सञ्जाल मार्फत बताएका थिए । थप अरु केके भने रविले सुनुहोस् यो अडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू