अजय देवगनको फिल्म ‘दे–दे प्यार दे’ले दुइ दिनमा कति कमायो ?

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता अजय देवगन र राकुल प्रित स्टारर् फिल्म ‘दे–दे प्यार’ दर्शकमाझ रिलिज भइसकेको छ । अभिनेता अजय देवगनले पछिल्लो समय एक्शन फिल्मको ठाउँमा रोमान्टिक ड्रामाको फिल्ममा फोकस गरिरहेका छन् ।

उनको यो फण्डा पनि हिट साबित भइरहेको छ । उनको प्रदर्शनरत फिल्म ‘दे–दे प्यार’ पनि रोमान्टि ड्रामा नै रहेको छ । यो फिल्मले ओपनिङ डे मा राम्रो कमाई गरेको छ । दिनानुदिन फिल्मको बक्सअफिस कलेक्शन बढीरहेको छ ।

ट्रेड एनालिष्ट तरण आदर्शका ट्वीटका अनुसार फिल्मको ओपनिङ डे कलेक्शन भन्दा दोस्रो दिन बलियो ब्यापार गरेको छ । यो फिल्मलाई वर्ड अफ माउथको फाइदा मिलेको छ । यो फिल्मले ओपनिङ डे १०.१४ करोडको ब्यापार गरेको थियो, भने दोस्रो दिन (शनिबार) १३.३९ करोडको ब्यापार गरेको छ ।

‘दे–दे प्यार’फिल्मलाई आकिव अलीले निर्देशन गरेका हुन् । यो फिल्मको ट्रेलरले पनि राम्रो रेस्पोन्स पाएको थियो । फिल्ममा अजय देवगनले आफ्नो भन्दा निकै कम उमेरकी युवती राकुल प्रितसँग प्रेम गरेका छन् । साथमा तब्बु भने अजय देवगनको पूर्व पत्नीको भूमिकामा देखिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू