हेर्नुहोस आज कति छ सुनचाँदीको मुल्य ?

मनिषा थापा

भक्तपुर : साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ। मंगलबार प्रतितोला सुनको मूल्य ६३ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६३ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, मंगलबार तेजावी सुनको मूल्य ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सोहि मुल्यमै कारोबार भइरहेको छ ।

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया