हेर्नुहोस आजको सुनको भाउ, तोलामा कति ?

मनिषा थापा

काठमाडौं : साताको तेस्रो दिन मंगलबार पनि बजारमा सुनचाँदीको भाउ यथावत नै रहेको छ। सोमबार प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६५ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, सोमबार तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, सोमबार चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया