हेर्नुहोस ‘डियर जिन्दगी’को नयाँ भाग (भिडियो सहित्)

मनिषा थापा

पिएनपिखबर : नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिशृंखला ‘डियर जिन्दगी’को नयाँ श्रृंखला सार्वजनिक गरिएको छ। यस नयाँ भागमा परिवारभित्र परेको तनाबको बारेमा देखाइएको छ।


समसामयिक विषयवस्तुमा आधारित यस टेलिशृंखला हरेक बुधबार साँझ ७ : ०५ मा नेपाल टेलिभिजनमार्फत आउने गर्छ भने पिएनपिमिडियाको अफिसियल युटुब च्यानलमार्फत प्रसारण पछि हेर्न सकिनेछ। पिएनपिमिडियाले ‘डियर जिन्दगी’को शृंखला हरेक बिहीबार साँझ सार्वजनिक गर्ने गर्दछ।

पिएनपी मिडियाको सहकार्य र कि इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भईरहेको सिरियलमा बसन्त पोखरेलको लेखन र सह-निर्देशन रहेको छ। जनकदीप पराजुलीको निर्देशनमा बनेको यस चलचित्र ‘डियर जिन्दगी’को सिरियलका निर्माता रामकृष्ण बिसी हुन्।

सिरियलका कार्यकारी निर्माताका रुपमा युवराज खत्री रहेका छन् । त्यस्तै सञ्चारकर्मी रघुनाथ सापकोटा सह-निर्माता हुन्। सुनिल थापालाई फिचर्ड गरिएको सिरियलमा श्रेया कार्की, सुष्मा कार्की, सुवास पराजुली, पुस्करजंग थापा, अर्जुन गौतम, वसन्त पोखरेल, एलिना गौतमलगायतका कलाकारहरुको अभिनय रहेको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया